ग्याजेट विशेष

आइफोन १३ सार्वजनिक हुने मिति तय

  नागरिक   2021-09-10

हरेक वर्षको सेप्टेम्बर महिनामा आइफोनका नयाँ सिरीजहरु लन्च हुदै आएको छ। यस वर्षको सेप्टेम्बर महिनाको १४ तारिखमा एप्पलले आईफोन १३ सार्बजनिक गर्ने भएको छ। मिती सार्वजसनक गरिसकेकेो एप्पलले  सञ्चार माध्ययमहरुलाइ निमन्त्रणा पनि पठाउन सुरु गरेको छ। 

सो कार्यक्रममा कुन कुन प्रडक्टहरु सार्वजनिक हुने भन्ने चाहीँ खुलाइएको छैन। आइफोन १३ मा आइओएस १५ अपरेटिंग सिस्टम हुने बताइएको छ। साथै यसको ब्याट्री क्षमता पनि उत्कृष्ट हुने बताइएको छ।

आइफोन १३ सिरिजमा आइफोन १३, आइफोन १३ प्रो, आइफोन १३ प्रो म्याक्स तथा आइफोन १३ मिनी गरी चारथरी मोडेल हुने बताइएको छ। समाचार अनुसार १४ सेप्टेम्बरमा सार्वजनिक गरिएपश्चात् १७ सेप्टेम्बरमा आइफोनको प्रि(बुकिङ सुरु हुनेछ र २४ सेप्टेम्बरबाट आइफोन १३ सिरिजको बिक्री सुरु हुनेछ।

आइफोन १३ सिरिजको बारेमा सार्वजनिक गरिएका समाचारमा दाबी गरिए अनुसार आइफोन १३ सिरिजका फोनमा पनि उत्कृष्ट फिचरहरू सहितको क्यामरा हुनेछन् ।
 

यसमा तपाईको मत