ग्याजेट विशेष

तपाईंको आइफोनले पाउँदै छ नयाँ iOS अपडेट

  नागरिक   2019-09-16

एप्पलले नयाँ आइफोन ११ र ११ प्रोको लन्चसँगै आफ्नो नयाँ अपरेटिंग सिस्टम iOS १३ पनि अधिकारिक रुपमा लन्च गरेको छ । iOS १३ यही सेप्टेम्बर १९ मा उपलब्ध हुने भएको छ । एप्पलको नयाँ आइफोनहरू - आइफोन ११, आइफोन ११ प्रो र आइफोन ११ म्याक्स - लन्च हुने भन्दा एक दिन अगाडी नै पुराना र सपोर्ट गरिएका आइफोन मोडलहरूका लागि नयाँ संस्करणको iOS रिलिज गरिने छ ।

iOS १३ आइफोन सिक्स एसभन्दा पछि र सँगै रिलिज भएका आइफोनहरूमा उपलब्ध हुनेछ । आइप्याडका लागि भने एप्पलले आफ्नो बेग्लै अपरेटिंग सिस्टम आइप्याड अपरेटिंग सिस्टम रिलिज गर्ने भएको छ । आइफोन १३ को अपडेट पाउने स्मार्टफोनहारू यस प्रकारको रहेको छ :

१. आइफोन सिक्स एस ( iPhone 6s )
२. आइफोन सिक्स एस प्लस ( iPhone 6s Plus )
३. आइपड ७ ( iPod 7th Generation )
४. आइफोन एस इ ( iPhone SE )
५. आइफोन ७ ( iPhone 7 )
६. आइफोन ७ प्लस ( iPhone 7 Plus )
७. आइफोन ८ ( iPhone 8 )
८. आइफोन ८ प्लस ( iPhone 8 Plus )
९. आइफोन दश ( iPhone X )
१०. आइफोन दश आर ( iPhone XR )
११. आइफोन दश एस ( iPhone XS )
१२. आइफोन दश एस म्याक्स ( iPhone XS Max )

आइफोन सिक्स र सिक्स प्लस र सोभन्दा पुरानो आइफोनका मोडलहरूले नयाँ अपडेट नपाउने भएको छ । यसै गरेर नयाँ आइफोनहरूमा iOS १३ पहिलेबाट नै इन्स्टल भएर आउने छ ।

कसरी गर्ने अपडेट ?

सपोर्ट गर्ने आइफोनको प्रयोगकर्ताले आफ्नो आइफोनको सेटिंगबाट सजिलैसँग अपडेट डाउनलोड गर्न सक्नेछन् । Settings > General > Software Update मा गएर अपडेट डाउनलोड गरेर इन्स्टल गर्न सक्नेछन् । इन्स्टल गर्ने क्रममा ब्याट्रीको चार्ज ५० प्रतिशतभन्दा बढी हुनु राम्रो हुन्छ । अपडेट डाउनलोड गरेपछि सो अपडेटलाई कुन बेला इन्स्टल गर्ने भनेर पनि चयन गर्न सकिनेछ । रातिको समयमा अपडेट होस् भन्ने चाहनुहुन्छ भने Install Tonight भन्ने विकल्पमा चयन गरेर आइफोनलाई चार्जमा जोडेर छाडीदिनुहोस् । यसका लागि तपाईंले एकपटक पासकोड हान्नु पर्ने हुन्छ ।

के के छन् विशेषता ?

एप्पलको नयाँ iOS १३ मा उपलब्ध फिचरहरू यस प्रकारका छन् :

१. सुधारिएको परफरमेन्स : एप्पलका अनुसार iOS १३ ले एप्सहरू दुई गुणा सम्म चाडो लन्च गर्न सक्नेछ र फेस अनलक अर्थात् फेस आइडी ३० प्रतिशतसम्म द्रुत हुने छ ।
२. डार्क मोड : डार्क मोड सुचारु गरेपछि मेनु र सेटिंगहरूमा डार्क ब्याकग्राउन्ड आउनेछ । यसले गर्दा नयाँ एमोलेड डिस्प्ले भएको आइफोनमा ब्याट्रीको बचत हुनेछ ।
३. नयाँ स्वाइप किबोर्ड : नयाँ संस्करणमा एप्पलले आफ्नै बेग्लै स्वाइप किबोर्ड उपलब्ध गराउने भएको छ
४. बाह्य स्टोरेजको सपोर्ट : आइफोनले iOS १३ को रिलिजसँगै आन्तरिक स्टोरेजहरूलाई सपोर्ट गर्ने भएको छ । यसर्थ, प्रयोगकर्ताले अब आफ्नो आइफोनमा लाइटनिंग पोर्टको सहायताबाट पेनड्राइभ र मेमोरी कार्डहरू प्रयोग गर्न सक्नेछन् ।
५.  एप्पल म्याप्समा सुधार : एप्पलले आफ्नो एप्पल म्याप्समा सुधार गरेको छ र यस एपमा स्ट्रिट भ्यु पनि आउने भएको छ
६. नयाँ र सुधारिएको फोटो र भिडियो एडिटिंग : फोटोज एप भित्र हुने फोटो र भिडियो एडिटिंग सफ्टवेयरमा थुप्रै नयाँ फिचरहरू थप्ने भएको छ । उक्त एडिटरबाट प्रयोगकर्ताले आइफोनबाट खिचेको फोटोको ब्रिलियेंस, डिटेल, एक्सपोजर, स्याडो आदिहरू सजिलै मिलाउन सक्नेछन् ।
७. लो डेटा मोड - मोबाइल डेटा बचत गर्नका लागि लो डेटा मोड उपलब्ध हुने भएको छ ।

 

 

यसमा तपाईको मत