ग्याजेट विशेष

इन्स्टाग्राम र व्हाट्सयापको नाम पछाडी “फ्रम फेसबुक” थपिने

  नागरिक   2019-08-05

संसारकै सबैभन्दा ठूलो र धेरै प्रयोगकर्ता भएको सामाजिक संजाल फेसबुकको स्वामित्वमा रहेको इन्स्टाग्राम र व्हाट्सयापको नाम पछाडी “फ्रम फेसबुक” (from Facebook ) अर्थात् “फेसबुकबाट” भनेर थपिने भएको छ | अब इन्स्टाग्रामको नाम इन्स्टाग्राम मात्र नभएर "इन्स्टाग्राम फ्रम फेसबुक" ( Instagram from Facebook ) हुनेछ | यसै गरि व्हाट्सयापको नामा व्हाट्सयाप मात्र नभएर व्हाट्सयाप फ्रम फेसबुकमा (Whatsapp from Facebook) परिवर्तन हुनेछ |

हालाई पनि फेसबुकको स्वामित्वमा रहेको केही कम्पनी र सेवाहरूको पछाडी पनि “फ्रम फेसबुक” राखिएका छन् | उदाहरणका लागि: फेसबुकको वर्कप्लेस एपको पनि नाममा वर्कप्लेस फ्रम फेसबुक नाम राखिएको छ | यस लगायत अकुलस रिफ्टको पनि नाममा पछाडी फ्रम फेसबुक थपिएर अकुलस रिफ्ट फ्रम फेसबुक नाम दिईएको छ |

फेसबुकको एक प्रवक्ताकाले यो परिवर्तनबाट फेसबुक आफ्नो उत्पादन र सेवाहरू प्रति स्पष्ट हुन सक्ने बताएका छन् | यो परिवर्तन पछि गुगलको प्ले स्टोर र एप्पलको एप स्टोरमा पनि इन्स्टाग्राम र व्हाट्सयापको नामको पछाडी फ्रम फेसबुक देख्न सकिनेछ | यस परिवर्तनले फेसबुक, इन्स्टाग्राम र व्हाट्सयापको प्रयोगकर्तामा केही प्रकारको असर गर्छ कि गर्दैन भन्ने कुरा हेर्न बाकीं नै छ |

फेसबुकले सन् २०१२ मा १ अर्ब अमेरिकी डलरमा इन्स्टाग्राम खरिद गरेको थियो | उक्त समयमा इन्स्टाग्राममा केवल ३ करोड प्रयोगकर्ता मात्र थिए | हालै इन्स्टाग्रामको मासिक प्रयोगकर्ता लगभग १ अर्ब पुगेको छ |

यसै गरी सन् २०१४ मा फेसबुकले व्हाट्सयापलाई १९ अर्ब अमेरिकी डलरमा खरिद गरेको थियो | खरिद गर्ने समयमा व्हाट्सयापको मासिक प्रयोगकर्ता ४५ करोड जना रहेको थियो | सो प्रयोगकर्ताको संख्या सन् २०१६ मै १ अर्ब पुगिसकेको थियो | हालै व्हाट्सयापको मासिक प्रयोगकर्ताको संख्या १.५ अर्ब भन्दा बढी रहेको छ |

 

स्रोत: द भर्ज

 

यसमा तपाईको मत