ग्याजेट विशेष

अमेरिकी प्रतिबन्धले पनि रोकिएन हुवावे - स्मार्टफोन बिक्रीमा २३% वृद्धि

  नागरिक   2019-07-31

हुवावेले अप्रिल देखि जुन बीचको समयमा ३२.२ अर्ब अमेरिकी डलर बराबरको व्यापार गर्न सफल भएको छ । उक्त रकम गत वर्षको तुलनामा २३ प्रतिशतले बढी हो । तर गत महिनामा हुवावे र अमेरिका बीचमा कुनै पनि प्रकारको व्यापार समबन्धित विवादहरू उठेको थिएन । हुवावे र अमेरिका बीच व्यापारिक मुद्दामा विवादहरू चर्किदै जाँदा पनि हुवावेको स्मार्टफोन बिक्री संख्या बढ्नु निकै आश्चर्यजनक कुरा हो ।

हुवावेले यस वर्षको पहिलो ६ महिनामा ११८ मिलियन ( ११ करोड ८० लाख ) वटा स्मार्टफोनहरू बेच्न सफल भएको छ - उक्त संख्या गत वर्षको तुलनामा २४ प्रतिशतले बढी हो । यस बिक्री बाट हुवावेको कुल नाफा पनि ८.७ प्रतिशतले बढ्न सफल भएको छ । यस वर्षको पहिलो ६ महिनामा हुवावेको कुल नाफा ५८.३ अर्ब अमेरिकी डलर रहेको छ ।

अमेरिकाले प्रतिबन्ध लगाउँदा पनि र गुगलको एन्ड्रोइड अपरेटिंग सिस्टम चलाउन नपाउने भनेर संसारभर जानकारी फैलिए पनि स्मार्टफोन बिक्रीमा आएको यस वृद्धिले कम्पनीलाई बजारको बलियो स्थानमा ल्याएर राखेको छ । गत महिना ओसाकामा भएको जी ट्वान्टी सम्मलनमा बोल्दै ट्रम्पले “अमेरिकी कम्पनीहरूले हुवावेलाई आफ्नो उपकरणहरू बेच्न पाउनेछन्” भनेर जानकारी दिएका थिए । उक्त घोषणाले पनि हुवावेको बजारमा स्थापना र पकडलाई निरन्तरता दिने पक्का भएको छ ।

हुवावेले चाइनिज बजारमा पनि राम्रो पकड लिन सफल भएको छ । यही वर्षको दोस्रो चौथाईमा पनि हुवावेले चाइनामा मात्र ३ करोड ७३ लाखवटा स्मार्टफोन बेच्न सफल भएको छ । यस बिक्रीले गरेर चाइनामा पनि हुवावेको बजार हिस्स ३८% प्रतिशत पुगेको छ । चाइनाले मात्र हुवावेको कुल व्यापारको ६४ प्रतिशत भाग लिएको छ । यसले गर्दा चाइनामा सम्पूर्ण अन्य मुख्य कम्पनीहरूको - सायोमी, अप्पो, भिभो र एप्पलको - बजार हिस्सामा ठूलो गिरावट आएको छ ।

स्रोत: द भर्ज

 

यसमा तपाईको मत