ग्याजेट विशेष

हुवावेले अन्ततः आफ्नो ल्यापटपमा विन्डोज प्रयोग गर्न पाउने !

  नागरिक   2019-11-23

माइक्रोसफ्टले हुवावेलाई आफ्नो सफ्टवेयरहरू बेच्ने अनुमति पाएको छ । केही महिना अगाडी अमेरिका र चिन बीचको व्यापार विवादले गरेर हुवावेले अमेरिकी कम्पनीहरूसँग व्यापार गर्न नपाउने भएको थियो जस अन्तर्गत हुवावेले माइक्रोसफ्टको विन्डोजलाई आफ्नो ल्यापटपहरूमा प्रयोग गर्न पाएको थिएन। सो प्रतिबन्ध माइक्रोसफ्टले पाएको अनुमतिसँगै फुक्का भएको छ ।

यहि महिनाको २० तारिखमा अमेरिकी वाणिज्य संघले माइक्रोसफ्टलाई हुवावेसँग सफ्टवेयर व्यापारका लागि छुट दिएको हो ।

यस फुकुवा पछि हुवावेले माइक्रोसफ्टसँगबाट थोक मात्रामा माइक्रोसफ्ट विन्डोज र माइक्रोसफ्ट अफिस लगायतका अन्य सफ्टवेयरहरू खरिद गर्न पाउने छ ।

केही महिना अगाडी हुवावेले विन्डोज इन्स्टल नभएको ल्यापटप बजारमा सार्वजनिक गरेको थियो । उक्त ल्यापटपमा ओपन सोर्स अपरेटिंग सिस्टम अर्थात् लिनक्स इन्स्टल गरिएको थियो ।

प्रतिबन्धको समयमा माइक्रोसफ्टले पनि हुवावेको मेट एक्स प्रो ल्यापटप आफ्नो माइक्रोसफ्ट स्टोरबाट बेच्न बन्द गरेको थियो । फुकुवा पश्चात् माइक्रोसफ्ट हुवावेक ल्यापटपहरू आफ्नो स्टोर मार्फत बेच्न पाउने हो कि होइन भन्ने कुरा प्रष्ट गरिएको छैन ।

माइक्रोसफ्ट विन्डोज बिगतको दुई दशकभन्दा धेरै समय देखि नै संसार कै सबैभन्दा प्रचलित कम्प्युटर अपरेटिंग सिस्टम रहेको हो । नेटएप्लीकेसनका अनुसार माइक्रो विन्डोजको बजार हिस्सा लगभग ८८% को रहेको छ । एप्पलको म्याक अपरेटिंग सिस्टम, गुगलको क्रोम अपरेटिंग सिस्टम र अन्य थुप्रै लिनक्सका वितरणहरूले बाकि १२ % बजार हिस्सा मात्र कब्जा गर्न सफल भएका छन् ।

 

 

यसमा तपाईको मत