ग्याजेट विशेष

एप्पलले सोचेभन्दा धेरै आइफोन ११ को माग

  नागरिक   2019-10-09

एप्पलले गत महिना सार्वजनिक गरेर रिलिज गरेको नयाँ संस्करणको आइफोनको माग एप्पलले सोचेकोभन्दा बढी भएको छ । यही माग पूरा गर्नका लागि एप्पलले आइफोन ११ को उत्पादन संख्या पनि १० प्रतिशतले बढाएको छ । यसबाट हाल निकै उच्च रहेको आइफोन ११ को मा भने पूरा गर्न सक्ने अपेक्षा एप्पलले राखेको छ ।

गत वर्ष रिलिज भएको आइफोन टेन आर (iPhone XR) प्रतिस्थापनका लागि रिलिज गरिएको आइफोन ११ मा गत वर्षको तुलनामा विशेष सुधारहरू गरिएका छन् । गत वर्षको भन्दा थोरै मूल्य, नयाँ क्यामरा र लामो ब्याट्री लाइफ नै यस वर्षको मुख्य आकर्षण रहेको छ । आइफोन टेन आरको लन्च मूल्य ७४९ अमेरिकी डलर तोकिएको थियो । नयाँ आइफोन ११ को मूल्य भन्दा ६९९ अमेरिकी डलर तोकिएको छ - पुरानो मोडलभन्दा ५० डलर कम । आइफोन ११ को बिक्री पुरानो मोडलको तुलनामा धेरै हुनुको पछाडी पनि यही कारण रहेको हुनसक्छ ।

आइफोन ११ मा आइफोन १० आर मा जस्तै कम गुणस्तरको ६.१ इन्चको एलसीडी डिस्प्ले राखिएको छ जसको रेजोलुसन केवल ८२८ x १७९२ को रहेको छ । हेर्दामा डिजाइन पनि पुरानो आइफोन १० आर ( XR ) सँग मिल्दो छ । फरक छ त केवल पछाडी पट्टि जहाँ अहिले दुईवटा मुक्य क्यामरा राखिएको छ । दुईवटा क्यामरा नै १२ मेगापिक्सलको रहेको छ जस मध्ये एक क्यामराले वाईड एंगल फोटोहरू खिच्न सक्नेछ । भित्र एप्पलको नयाँ र फास्ट ए १३ प्रोसेसर राखिएको छ जुनस्मार्टफोनमा उपलब्ध सबैभन्दा फास्ट प्रोसेसर रहेको कुराको दाबी एप्पलले गरेको छ । गत वर्षको आइफोन १० आर ( XR ) को तुलनामा आइफोन ११ मा मुख्य सुधार भने क्यामरामा मात्र गरिएको छ । यस वर्षको आइफोनहरूको क्यामराले रातिमा पनि राम्रो तस्विर खिच्न सक्ने दाबी एप्पलले गरेको छ ।

आइफोन ११ प्रो र आइफोन ११ प्रो म्याक्समा पनि एप्पलको नयाँ ए १३ प्रोसेसर राखिएको छ । यिनीहरूको डिजाइन पनि हेर्दामा गत वर्षको आइफोनहरूसँग मिल्दो छ । यी दुई महँगा मोडलहरूमा तीनवटा १२ मेगापिक्सलको क्यामरा राखिएको छ । यी तीनवटा क्यामरा मध्ये दुईवटा आइफोन ११ को जस्तै छ भने तेस्रो क्यामरा जुम लेन्स रहेको छ । आइफोन ११ प्रो मा ५.८ इन्चको ओलेड डिस्प्ले राखिएको छ भने आइफोन ११ प्रो म्याक्समा ६.५ इन्चको ओलेड डिस्प्ले राखिएको छ । यीनीहरू दुवैको डिस्प्लेको रेजोलुसन आइफोन ११ को भन्दा निकै धेरै रहेको छ - १२४२ x २६८८ ।

नयाँ र सुधार गरिएको प्रोसेसरका कारणले गर्दा नयाँ आइफोनहरूको ब्याट्री लाइफ पनि गत आइफोनमा भन्दा चार देखि पाँच घण्टासम्म बढी हुनेछ । यसै गरेर तीनैवटा आइफोनका मोडलहरूमा १२ मेगापिक्सलको सेल्फी क्यामरा राखिएको छ जसले 4K र स्लो मो भिडियो खिच्न सक्नेछन् ।

स्रोत : BGR

 

यसमा तपाईको मत