कभर स्टोरी

सुनको मूल्य बढ्यो

  नागरिक   2021-11-01

नेपालको सुनचाँदी बजारमा आज सुनको मूल्य प्रतितोला १ सय रुपैँयाले बढेर छापावाल सुन प्रतितोला  ९१ हजार ८ सय रुपैँया कायम भएको छ। आइतबार उक्त सुन प्रतितोला ९१ हजार ७ सय रुपैँयामा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला  ९१ हजार ३ सय रुपैँया रहेकामा आइतबार प्रतितोला ९१ हजार २ सय रुपैँया तोकिएको थियो। महासङ्घका अनुसार आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले बढेर एक हजार २४५ कायम भएको छ।

चाँदी आइतबार प्रतितोला एक हजार २४० रुपैँयामा कारोबार भएको थियो। महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीका मूल्यमा हुने उतारचढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

यसमा तपाईको मत