अटो विशेष

वृक्षरोपणमा ग्लोबल आइएमई बैंक

  नागरिक   2021-09-16

ग्लोबल आइएमई बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालयको सहकार्यमा विश्वविद्यालय क्याम्पस, प्राणीशास्त्र विभाग परिसरमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमको समुद्घाटन त्रिभुवन विश्वविद्यालय जुलोजी विभाग प्रमुख प्राध्यापक तेजबहादुर थापा तथा बैंकका कीर्तिपुर शाखा प्रबन्धक शोभा न्यौपानेले गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।

विश्वविद्यालय क्याम्पस जुलोजी विभाग परिसरको हरियाली दृश्य र स्वच्छ विश्वविद्यालय परिसर निर्माणको अभियानअन्र्तगत विभागीय भवनदेखि मूल सडकसम्म चाँप, धुपी तथा विभिन्न प्रजातिका विरुवा रोपेर निको सुरक्षाको लागि ‘ट्री गार्ड’ समेत लगाइएको बैंकको विज्ञप्तिमा उल्लेख छ ।

यसमा तपाईको मत