ग्याजेट विशेष

गेमिंग ल्यापटप र साधारण ल्यापटप - फरक के ?

  नागरिक   2019-10-01

नामले नै सुझाए अनुसार गेमिंग ल्यापटप गेम खेल्न अथवा ग्राफिक सम्बन्धि कामहरु गर्नका लागि खरिद गरिन्छ साधारण ल्यापटपहरूभन्दा गेमिंग ल्यापटपहरूमा केही हदसम्म भिन्नताहरू रहेका हुन्छन यी दुई प्रकारको ल्यापटपहरूको भिन्नताहरूको बारेमा नै यहाँ चर्चा गरिएको छ

१.गेमिंग ल्यापटपहरू शक्तिशाली प्रोसेसर हुन्छन

गेम खेल्नका लागि भनेर बनाइएका सबै ल्यापटपहरूमा औसतमा भन्दा राम्रा र शक्तिशाली प्रोसेसरहरू राखिएका हुन्छन साधारण अफिस र घरेलु प्रायोजनका लागि बनेका ल्यापटपहरूमा पनि शक्तिशाली प्रोसेसरहरू प्रयोग नहुने भने होइन - तर सम्पूर्ण गेमिंग ल्यापटपहरूमा राम्रै प्रोसेसर प्रयोग गरिएको हुन्छ नयाँ गेमिंग ल्यापटपहरूमा इन्टेलको Core i5 9400H वा अझै अब्बल र एएमडीको Ryzen 5 3500H वा अझै अब्बल प्रोसेसरहरू प्रयोग गरिएको हुन्छ अधिकांस गेमहरूलाई राम्रोसँग चल्नका लागि साधारणभन्दा राम्रो प्रोसेसर आवश्यकता पर्ने भएकाले नै गेमिंग ल्यापटपहरूमा शक्तिशाली प्रोसेसर राखिएको हुन्छ यी प्रोसेसरहरू भएको साधारण ल्यापटपहरू पनि खरिद गर्दा निकै महँगा हुने गर्दछन्

२. गेमिंग ल्यापटपमा उच्चस्तरको ग्राफिक कार्ड हालिएको हुन्छ

गेमिंग ल्यापटपलाई गेमिंग ल्यापटप बनाउने काम उक्त ल्यापटपमा भएको ग्राफिक कार्डले गर्छ ग्राफिक कार्ड नै गेम  खेल्नका लागि आवश्यक पर्ने सबैभन्दा महत्वपूर्ण कुरा हो शक्तिशाली ग्राफिक कार्ड भएका गेमिंग ल्यापटपहरूमा गेमहरू राम्रोसँग धेरै रेजोलुसनमा चल्न सक्छन
साधारण अफिस र घरेलु प्रायोजनका ल्यापटपहरूमा पनि ग्राफिक कार्ड नहुने होइन तर सबै ग्राफिक कार्डहरू गेम खेल्नका लागि भनेर निर्माण गरिएका हुँदैनन्   सस्ता र महँगा अल्ट्राबुक ल्यापटपहरूमा पनि एनभीडीयाको MX130 / MX150 ग्राफिक कार्ड राखिएको भेट्न सकिन्छ तर ग्राफिक कार्ड भयो भन्दैमा उक्त ल्यापटप गेम खेल्नका लागि बनाइएको हो भन्ने हुँदैन गेमिंग ल्यापटपहरूमा एनभीडीया GTX 1050 वा अझै शक्तिशाली ग्राफिक कार्डहरू प्रयोग गरिएका हुन्छन

३. अधिकांस गेमिंग ल्यापटपहरूको डिजाइन बेग्लै प्रकारको हुन्छ

बजारमा उपलब्ध भएका गेमिंग ल्यापटपहरूको डिजाइन साधारण ल्यापटपभन्दा धेरै हदसम्म भिन्न हुने गर्दछन् धेरै गेमिंग ल्यापटपको किबोर्डमा रातो, हरियो र निलो रंग बल्ने लाइटहरू राखिएको हुन्छ भने ल्यापटपको च्यासिसमा पनि त्यस्तै लाइटहरू राखिएको हुन्छ हेर्ने बित्तिकै पनि साधारण ल्यापटपबाट गेमिंग ल्यापटप छुट्टाउन गाह्रो पर्दैन

४. गेमिंग ल्यापटपहरू मोटा र ठूला हुन्छन्

साधारण ल्यापटपहरूभन्दा गेमिंग ल्यापटपहरू निकै ठूला र मोटा हुने गर्दछन् यस्ता ल्यापटपमा अन्य ल्यापटपको तुलनामा शक्तिशाली र धेरै ताप निकाल्ने प्रोसेसर र ग्राफिक कार्ड राखिएको हुन्छ यस्तै धेरै ताप निकाल्ने प्रोसेसर र ग्राफिक कार्डलाई राम्रोसँग थोरै सरदर तापमा चल्ने बनाउनका लागि उच्चस्तरीय पंखा र ताप निकाल्ने पाइपहरू राख्नु पर्ने हुन्छ यसैले गर्दा नै गेमिंग ल्यापटपहरूको तौल र मोटाइ अन्य ल्यापटपहरूभन्दा ठूलो हुन्छ एक ठाउँबाट अर्को ठाउँमा बारम्बार ल्यापटपलाई लिएर हिड्नु पर्ने प्रयोगकर्ताले गेमिंग ल्यापटप खरिद नगर्नु नै उचित हुन्छ


५. गेमिंग ल्यापटपहरूले उर्जा धेरै खपत गर्छन र ब्याट्री लाइफ छोटो हुन्छ

गेमिंग ल्यापटपहरूमा धेरै उर्जा खपत गर्ने प्रोसेसर र ग्राफिक कार्ड राखिएको हुन्छ उदाहरणका लागि धेरै गेमिंग ल्यापटपमा प्रयोग हुने इन्टेलको Core i5 9400H प्रोसेसरले ४५ वाटसम्म उर्जा खपत गर्ने गर्दछ तर साधारण ल्यापटपहरूमा प्रयोग गरिने Core i5 8250U प्रोसेसरले भने केवल १५ वाट मात्र उर्जा खपत गर्ने गर्दछ साधारण ल्यापटपहरूको ब्याट्री लाइफ ६ देखि १० घण्टासम्म हुने गर्दछ  भने गेमिंग ल्यापटपहरूबाट ३-४ घण्टा ब्याट्री लाइफ पाउनु पनि गाह्रो हुने गर्दछ

यदी तपाईं पनि गेमिंग ल्यापटप खरिद गर्ने सोचमा हुनुहुन्छ भने हाम्रो गेमिंग ल्यापटप खरिद गाइड पढ्नुहोस् |

 

यसमा तपाईको मत