ग्याजेट विशेष

गेमिंग ल्यापटप खरिद गाइड

  नागरिक   2020-01-27

नामले नै सुझाए अनुसार गेमिंग ल्यापटप गेम खेल्न अथवा ग्राफिक सम्बन्धि कामहरु गर्नका लागि खरिद गरिन्छ । ल्यापटपमा गेम खेल्न रुचाउने तर यस सम्बन्धि खासै ज्ञान नभएकाहरुलाई भने गेमिंग ल्यापटप खरिद गर्नु पनि झन्झटिलो कुरा हुन्छ । यदि तपाईं पनि गेमिंग ल्यापटप किन्ने विचारमा हुनुहुन्छ भने यी कुराहरु ध्यानमा राख्नुहोस् :

 

१. साना गेमहरु खेल्नलाई गेमिंग ल्यापटप नै चाहिँदैन

तपाईंले खेल्ने गेमहरु कस्ता छन् ? क्यान्डी क्रस, एसफाल्ट नाइन, पबजी मोबाइल भर्सन वा आजभन्दा केहि वर्ष अगाडीका गेमहरु - जस्तै दोटा, काउन्टर स्ट्राइक - खेल्ने विचारमा हुनुहुन्छ भने तपाईंलाई गेमिंग ल्यापटपको आवश्यकता नै पर्दैन । यी साना र पुराना गेमहरु ग्राफिक कार्ड नभएको ल्यापटपमा पनि चल्नसक्छ ।


२. गेम राम्रो चल्ने शक्तिशाली ल्यापटपहरु प्राय ठूला र मोटा हुन्छन्

साना र कम्प्याक्ट आकारमा गेमिंग ल्यापटपहरु कम मात्रा मै भेटिन्छन । धेरै गेमिंग ल्यापटपहरुको डिस्प्ले साइज  १५ इन्च भन्दा हुनेगर्दछ । ठूलो हुनुको संगसंगै गेमिंग ल्यापटपहरु मोटा पनि हुनेगर्छन । तौल पनि साधारण ल्यापटपभन्दा लगभग दोब्बर हुन्छन् ।

३. आवश्यकता अनुसार ग्राफिक कार्ड चयन गर्नुहोस्

कस्तो गेम खेल्दै हुनुहुन्छ त्यही कुरामा आधारित भएर गेमिंग ल्यापटपमा ग्राफिक कार्ड चयन गर्नुहोस् । गेमिंग ल्यापटपको मुख्य भाग नै उक्त ल्यापटपको ग्राफिक कार्ड हो ।

बजेट गेमिंग ल्यापटपमा कम शक्तिसाली ग्राफिक कार्ड हुन्छन् । यी ग्राफिक कार्डहरु GTX 1650, GTX 1050 र GTX 1050 Ti हुन् । बजेट गेमिंग ल्यापटप नै लिए पनि पुराना GTX 950M वा GTX960M भएको ल्यापटप नलिनु नै उचित हुन्छ । GTX 1650, GTX 1050 र GTX 1050 Ti भएका ल्यापटपहरुको मूल्य लगभग ८५ हजार बाट सुरु भएर १ लाख ३० हजारसम्म हुन्छ । १ लाखभन्दा बढी खर्च गर्ने खण्डमा GTX 1650 भएकै ल्यापटप लिनु उचित हुन्छ किन कि यो अन्य दुईभन्दा निकै धेरै फास्ट रहेको छ |

मिडरेन्ज र फ्याग्शिपमा GTX 1060 वा GTX 1660 भएका ल्यापटपहरु पाइन्छन् । यो ग्राफिक कार्ड भएको ल्यापटपलाई १ लाख ३० हजारभन्दा बढी नै पर्नजान्छ ।

नयाँ गेमहरु एचडीमा र लो वा मिडियम सेटिंगमा खेल्नका लागि बजेट गेमिंग ल्यापटप नै ठीक हुन्छ । नयाँ गेमहरुलाई राम्रो ग्राफिक गुणस्तरमा खेल्नका लागि भने  RTX 2060 वा RTX 2070 ग्राफिक कार्ड भएका ल्यापटपहरु आवश्यक पर्छन ।

एएमडी तर्फ मिडरेन्जमा मात्र ग्राफिक कार्डहरू उपलब्ध छ। RX 560 एमडीको निकै प्रचलित मिडरेन्ज ग्राफिक कार्ड हो जसको परफरमेन्स GTX 1050 भन्दा थोरै राम्रो छ। RX 5500 एएमडीको नयाँ सिरिजको ग्राफिक कार्ड हुन् जुन नयाँ म्याकबुक प्रोहरूमा उपलब्ध छन् ।


४. प्रोसेसर र र्याम पनि उतिकै महत्वपूर्ण हुन्छ

गेम खेल्नका लागि प्रोसेसर र र्यामको पनि ठूलो भूमिका हुन्छ । राम्रोसंग गेम चल्नको लागि ४ ओटा कोर भएको प्रोसेसर आवश्यकता पर्छ । यस लगायत गेम राम्रोसंग चल्न कम्तिमा पनि ८ जीबी र्यामको आवश्यकता पर्छ भने १६ जीबी र्याम पर्याप्त हुन्छ ।

यसमा तपाईको मत