ग्याजेट विशेष

दुई भिन्न साइजमा शक्तिशाली ग्यालक्सी नोट १०

    2019-08-15

काठमाडौँ- सामसङ इलेक्ट्रोनिक्सले हालै ग्यालेक्सी नोट १० प्रस्तुत गर्न गईरहेको छ, प्रीमियम स्मार्टफोन हरुको नयाँ लाइन जसले शक्तिशाली प्रदर्शन र उत्पादकत्व वृद्धि गरी प्रयोगकर्ताहरूलाई हरेक क्षण अविष्मरणीय बनाउन मद्दत पुर्याउने।  जसले प्रयोगकर्ताहरूलाई उनीहरूले चाहेको तरिकाले काम गर्न र उनीहरूको सृजनात्मकता प्रदर्शन गर्न, स्वतन्त्रता दिनेछ। वर्षौंको लागि, ग्यालेक्सी नोट श्रृंखलाले विश्वभरि लाखौं प्रयोगकर्ताहरूलाई उनीहरूको चाहनाहरू अनुसरण गर्न र उनीहरूको लक्ष्यहरू प्राप्त गर्न मद्दत गरेको छ, ग्यालेक्सी नोट १० संँग, सामसङ प्रयोगकर्ताहरुलाई आफूले चाहेको भन्दा बढी गर्न मद्दत गर्ने विश्वास लिइएको जानकारी कम्पनीको प्रेस बिज्ञप्तिमा उल्लेख छ। 
 
“शुरुदेखि नै ग्यालेक्सी नोटले बेस्ट–अफ–द–बेस्ट प्रविधि एंवं सुविधाहरूका साथ प्रस्तुत गर्नुपर्दछ भन्ने मान्यताका साथ अगाडि बढ्दै आएको र ग्यालेक्सी नोट १० यसै मान्यतालाई आत्मसाथ गर्दै स्मार्ट फोनका नयाँ पारखीहरु माझ उनीहरुको प्रोडक्टीभिटि एवं क्रिएटिभिटिलाई सहजै माथिल्लो तहसम्म पुर्याउन मद्दत गर्ने विश्वास लिएको” कुरा सामसङ नेपालका मोबाइल विजिनेश हेड प्रणय रत्न स्थापितले बताएको जानकारी बिज्ञप्तिमा दिइएको छ। ग्यालेक्सी नोट १० का हरेक इलमेन्टहरु विशेष तरिकाबाट निर्माण गरिएको, जसले गर्दा ग्राहकलाई अझ धेरै सुविधा प्राप्त हुने र यसका साथै भिडियो एडिटिङ्ग गर्न वा आफूलाई मन पर्ने गेम खेल्न ग्यालेक्सी नोट १० ले अझै सहजता एवं सुविधा प्रदान गर्ने छ ” उनले बताए। 

प्रिमियम एक्स्पेरियन्सको लागि पावरफुल डिजाइन,
यसको सोफेस्टीकेटेड डिजाइनले प्रयोगकर्तालाई बेग्लै अनुभव प्रदान गर्दछ– केवल हेर्दा र अनुभव गर्दा मात्र नभई ग्यालेक्सी नोट १० मोबाइल फोन सिल्क, स्लिम तथा डिस्ट्र्याक्सन –फ्रि बन्न पुगेको र यसले गर्दा प्रयोगकर्तालाई आइडिया, प्रोजेक्ट तथा कन्टेन्टका विषयमा अझ धेरै आकर्षित बनाउने जानकारी बिज्ञप्तिमा दिइएको छ। 

ग्यालेक्सी नोट १० को डिस्प्ले सामसङको अहिलेसम्मकै उत्कृष्ट रहेको यसको भौतिक निर्माणदेखि लिएर यसको अन्तरनिहीत प्रविधिको प्रयोग गरी प्रयोगकर्ताहरुले आफ्नो मनपरेको टिभि, मुभि तथा गेम खेल्न सक्नेछन्। 

हरेक कार्यलाई बहु पक्षीय उत्पादक बनाउने स्वतन्त्र प्रयोगकर्ताहरुले प्रिमियम उत्पादकता प्राप्त गर्नं सकिनेछ भने आफ्नो फोनबाट अझै धेरै कुरा प्राप्त गर्नको लागि प्रयोग गर्न सकिनेछ। यसमा प्रयोग भएको नयाँ प्रविधि, सुधारिएको क्षमता र शक्तिशाली समायोजन आदिले प्रयोगकर्तालाई स्वतन्त्रता प्रदान गरी उनीहरुका हरेक कार्यलाई उत्पादक बनाउने स्वतन्त्रता प्रदान गर्ने उक्त प्रेस बिज्ञप्तिमा उल्लेख छ  । 
सर्जकहरुका लागि प्रो–ग्रेड क्यामरा
ग्यालेक्सी नोट १० को साथ, सर्जकहरुले स्टेट अफ द आर्ट टुल्सहरुको प्रयोग गरी आश्चर्यजनक भिडियो तथा फोटोहरु लिन सकिनेछ – आफ्नो च्यानलहरु, स्टोरिहरु तथा पोस्टहरुलाई अरु भन्दा पृथक् बनाउने सुविधा प्रदान गर्नुका साथै यसमा भएको एडभान्स इमेजिङ्ग प्रविधि र सफ्टवेरहरुले भिडियो ग्राफि र फोटो ग्राफिलाई नयाँ तहमा पुर्याउन मद्दत गर्नेछ। 

यसमा तपाईको मत