अटो विशेष

टाटाको सर्भिस क्याम्प मंसिर १९ बाट

  नागरिक   2019-12-03

काठमाडौं– नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेण्डिङ्गले चौथो टाटा मोटर्स ग्लोबल सर्भिस क्याम्प २०१९ को आयोजना गर्ने भएको छ । ग्राहकलाई उत्कृष्ट अनुभव प्रदान गर्ने कार्यलाई निरन्तरता दिँदै आगामी मंसिर १९ देखि २१ सम्म नेपालभरका सिप्रदी सर्भिस वर्कसपमा क्याम्प आयोजना हुने कम्पनीले जनाएको छ ।
क्याम्पमा कम्पनीका कमर्सियल गाडीका ग्राहकले निःशुल्क गाडीको अवस्थाको जाँच, विशेष योजनाका साथै अन्य सेवा प्राप्त गर्नेछन् । क्याम्पमा टाटा जेन्युइन स्पेयर पार्ट, म्याक लुब्रिकेन्ट, एक्साइड ब्याट्रीमा आकर्षक डिस्काउन्ट सार्वजनिक गरिने कम्पनीले जनाएको छ । 
यी अफर र योजनाका साथै ग्राहकका लागि थप रि–क्रिएसनल कार्यक्रमको व्यवस्था गरिएको पनि कम्पनीको विज्ञप्तिमा उल्लेख छ । कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्वको हिस्सा अन्तर्गत निःशुल्क स्वास्थ्य तथा आँखा जाँचको पनि आयोजना गर्दैछ । क्याम्पमा टाटा मोटर्सका केही नयाँ कमर्सियल गाडी पनि सार्वजनिक हुने कम्पनीले जनाएको छ ।
 

यसमा तपाईको मत