ग्याजेट विशेष

पब्जीजस्ता अनलाइन गेम खेल्दा ल्याग हुन्छ ? यस्तो छ पिंग घटाउने तरिका

  नागरिक   2019-07-18

अनलाइन गेममा हुने लयाग दुई कारणले हुने गर्दछ - खराब इन्टरनेट र कमजोर कम्प्युटर / स्मार्टफोन | स्मार्टफोनमा पब्जी वा अन्य कुनै अनलाइन गेममा खराब इन्टरनेटले र ल्यागले मज्जा नै खराब गरिदिने गर्छ | यस लेखमा इन्टरनेट सम्बन्धी ल्यागलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भनेर लेखिएको छ:

१. वाइफाईबाट खेल्नेहरूको लागि

गेम खेल्नु अगाडी राउटर रिस्टार्ट गर्नुहोस्

लामो समयसम्मको प्रयोग पछि राउटर तातेको हुन्छ | उच्च ताप पैदा भएको राउटरले राम्रो परफरमेन्स दिंदैन | त्यसैले गर्दा गेम खेल्नु अगाडी राउटर रिस्टार्ट गर्नुहोस् |

राउटरको बिकन इन्टरभललाई बढाउनुहोस्

बिकन इन्टरभल (Beacon Interval) अलि जटिल कुरा हो । अधिकांश राउटरमा यसको परिणाम १ देखि १००० सम्म राख्न मिल्छ । ब्राउजरमा १९२.१६९.०.१ वा १९२.१६८.१.१ हान्नुहोस् र राउटरको सेटअप पेज खोल्नुहोस् । वायरलेस सेटिङको एडभान्स्डमा गएपछि त्यहाँ तपाईंले बिकन इन्टरभल भन्ने अप्सन भेट्नुहुन्छ । यो सेटिङमा पहिलेनै १०० एमएस राखिएको हुन सक्छ । यसलाई ९० जति बनाउनुहोस् र राउटर रिस्टार्ट गर्नुहोस् । राम्रो चलेन ? फेरि बिकन इन्टरभल घटाउनुहोस् वा बढाउनुहोस् अनि फेरि टेस्ट गर्नुहोस् । जुनमा राम्रो चल्छ त्यही राख्नुहोस् । बिकन इन्टरभल अलि जटिल कुरा हो । साधारण घरेलु प्रायोजनका लागि ९९१ राख्नु उचित हुन्छ तर गेमिंगका लागि जति थोरै त्यति राम्रो । तर,  निकै थोरै बिकन इन्टरभल राख्नाले उक्त वाइफाई चलाउने मोबाइलको ब्याट्री पनि निकै चाँडो घट्छ । त्यसैले सही तालमेल मिलाउनु आवश्यक छ |

राउटरको अलि नजिक बसेर खेल्नुहोस्

राउटरले छाड्ने प्याकेटहरू स्मार्टफोनमा पुग्न र फिर्ता आउने केही समय लाग्छ | त्यसैले नै राउटरको नजिकै बसेर खेल्नाले उक्त ढिलाई घट्न जान्छ र ल्याग र पिंग राम्रो आउनसक्छ |

ब्याकग्राउण्डमा केही डाउनलोड हुन नदिनुहोस्

गेम खेल्दा खेल्दै तपाईंको ब्याकग्राउण्डमा केही अपडेट वा डाउनलोड भइरहेको छ कि चेक जांच गर्नुहोस् | अनलाइन गेम खेल्दा ब्याकग्राउण्ड केही डाउनलोड हुन नदिनुहोस् |

बेग्लै एसेस पोइन्ट बनाउनुहोस्

यदी तपाईंको वाइफाईमा धेरै उपकरणहरू जडान हुने गर्दछ र उक्त वाइफाई चलाउने थुप्रै प्रयोगकर्ता छन् भने एउटा बेग्लै एसेस पोइन्ट बनाउन उचित हुन्छ | यसका लागि राउटरको एडमिन पेज खोल्नुहोस् | ब्राउजरमा १९२.१६९.०.१ वा १९२.१६८.१.१ हान्नुहोस् र राउटरको सेटअप पेज खोल्नुहोस् । युजरनेम र पासवर्ड हानिसकेपछि Wireless सेटिंगमा गएर नयाँ AP अर्थात्  एसेस पोइन्ट थप्नुहोस् |  एसेस पोइन्ट थप्न नमिल्ने राउटरमा Guest Network पनि थप्न मिल्छ | उक्त Guest Network लाई मिलाउनुहोस् र अन्य प्रयोगकर्तालाई त्यहि  Guest Network चलाउन पठाउनुहोस् र आफूले मुख्य एसेस पोइन्टबाट जडान गर्नुहोस् |

२. मोबाइल डेटाबाट खेल्नेहरूको लागि

नेटवर्क कभरेज कस्तो छ ?

नेटवर्क कभरेज कम भएको खण्डमा उक्त नेटवर्कबाट इन्टरनेट राम्रोसँग चल्दैन | गेम खेल्दा मात्र नभएर इन्टरनेटका अन्य कुराहरू पनि निकै स्लो हुन जान्छ | नेटवर्क राम्रोसँग टिप्ने स्थानमा त्यति धेरै पिंगको समस्या भने आउँदैन | नेटवर्क अलि राम्रो आउने स्थानमा बसेर गेम खेल्नुहोस् या तपाईं बसेको स्थानमा  जुन सेवा प्रदायकको नेटवर्क राम्रोसँग चल्छ त्यहि सेवा प्रदायकको सिम कार्ड प्रयोग गर्नुहोस् |

थ्री जी वा फोर जी मा त हुनुहुन्छ ?

थ्री जी र फोर जी पुराना जीएसएम र टु जी भन्दा निकै फास्ट छन् | तपाईंले हालै कुन नेटवर्क प्रयोग गर्दै हुनुहुन्छ हेर्नुहोस् | यदि टु जी नेटवर्कमा गेम खेल्दै हुनुहुन्छ भने पिंग बढ्ने र ल्याग हुने निश्चित छ | थ्री जी वा फोर जी कभरेज भएको स्थानमा थ्री जी र फोर जी नै  सुचारु गर्न उचित हुन्छ |

 

यसमा तपाईको मत