ग्याजेट विशेष

यो हो 5G सपोर्ट गर्ने प्रथम स्मार्टफोन प्रोसेसर

  नागरिक   2018-12-06

स्मार्टफोन प्रोसेसरको सबैभन्दा ठूलो निर्माता क्वाल्कमले 5G सपोर्ट गर्ने पहिलो स्मार्टफोन प्रोसेसर रिलिज गरेको छ | उक्त प्रोसेसरको नाम हो स्न्यापड्र्यागन् ८५५ |  क्वाल्कमका अनुसार यस स्मार्टफोन प्रोसेसरले 5G नेटवर्कमा बहु जीबीसम्मको डाउनलोड स्पिड प्रदान गर्न सक्नेछ |  क्वाल्कमको गत वर्ष रिलिज गरिएको फ्ल्याग्शिप प्रोसेसर स्न्यापड्र्यागन् ८४५ को माथि पनि थुप्रै नयाँ सुधारहरु गरिएको छ | स्न्यापड्र्यागन् ८४५ सामसंग ग्यालेक्सी नोट ९, सायोमी पोकोफोन एफ वान, सामसंग ग्यालेक्सी एस ९, वानप्लस सिक्स टि जस्ता स्मार्टफोनहरुमा प्रयोग गरिएको प्रोसेसर हो |

क्वाल्कमले स्न्यापड्र्यागन् ८५५ निकालिसके पछि अब आउने मुख्य फ्ल्याग्शिप स्मार्टफोनहरुमा यहि प्रोसेसर नै राखिनु लगभग निश्चित नै छ - हुवावे र एप्पल बाहेकका फ्ल्याग्शिप स्मार्टफोनहरुमा | यो नयाँ प्रोसेसर निर्माण गर्नाका लागि ७ नानोमिटरको प्रोसेस प्रयोग गरिएको छ जुन प्रोसेस एप्पलले आफ्नो नयाँ आइफोनमा प्रयोग भएको A12 प्रोसेसरमा पनि प्रयोग गरेको थियो | यसले प्रोसेसरको स्पिड बढाउनुका साथै उर्जा खपतमा पनि कुशलता ल्याउछ | यस लगायत क्वाल्कमले आफ्नो डिस्प्ले भित्र हुने फिंगरप्रिन्ट स्क्यानरको प्रविधिलाई बेग्लै नाम दिएको छ र अहिले उक्त प्रविधि क्वाल्कम थ्रीडी सोनीक सेन्सरका नामले चिनिने छ |

यो प्रोसेसरका मुख्य विशेषताहरु यस प्रकार रहेका छन् :

  • क्वाल्कम काइरो ४८५ CPU को प्रयोग - पहिलेको भन्दा ४५% फास्ट
  • एड्रेनो ६४० GPU को प्रयोग - पहिलेको भन्दा २०% फास्ट
  • AI को लागि हेक्सागन प्रोसेसरको प्रयोग - पहिलेको भन्दा ३ गुणा बढी AI परफरमेन्स दिने
  • क्यामरामा HDR10+ को सपोर्ट र १ अर्बभन्दा बढी रंगहरु छुट्टाउन सक्ने
  • गेमिंग परफरमेन्समा विशेष सुधार - भुल्कान १.१ को सपोर्ट भएको
  • 8K सम्मका भिडियोहरु चलाउन मिल्ने
  • डिस्प्ले भित्रै फिंगरप्रिन्ट स्क्यानर - क्वाल्कम थ्रीडी सोनीक सेन्सर
  • 802.11ax को नयाँ वाईफाई स्तर सपोर्ट गर्ने
  • २२ MP को दुईवटा क्यामरा र ४८ MPको एउटा क्यामरा सपोर्ट गर्ने
  • २.८४ GHz सम्म पुग्नसक्ने प्राइम प्रोसेसर कोर, २.४२ GHz मा काम गर्ने ३ वटा परफरमेन्स कोर र १.८ GHz मा काम गर्ने ४ वटा स्लो कोरहरु  - कुलमा ८ वटा कोर
  • क्विक चार्ज ४+ को सपोर्ट

 

 

यसमा तपाईको मत