अटो विशेष

नेपाली सडकका लागि कस्तो गाडी योग्य ?

  नागरिक   2018-09-02

नेपालको भौगोलिक बनोट र सडकको बेग्लै प्रकारको सवारी साधनको माग छ यहाँका ठाडो उकालो काटेर भन्ज्याङमा अवस्थित गाउँमा सजिलैसंग पुग्न र अनियमित र खाल्डा भएका सडकमा पकड बनाएर दौडन जुनसुकै गाडीले सक्दैन | यी सबका लागि गाडीमा केहि अद्वितीय विशेषता हुनुपर्छ जसले त्यो गाडीलाई नेपाली सडकका लागि योग्य बनाउछ |  नेपाली सडकका लागि योग्य गाडीमा हुनुपर्ने केहि विशेषताहरु तल उल्लेख गरिएको छ :

ग्राउण्ड क्लियरेन्स

 

 

सवारी साधनको ग्राउण्ड क्लियरेन्स वा राइडको उचाई भन्नाले सवारी साधनको टायरको फेद र सवारीको तल्लोस्तर बीचको खालि ठाउँलाई बुझिन्छ | कुनै गाडीको ग्राउण्ड क्लियरेन्स धेरै हुनुको अर्थ - गाडी जस्तो सुकै अनियमित सडकमा पनि सजिलै चल्न सक्छ |

आवश्यकभन्दा धेरै ग्राउण्ड क्लियरेन्स भएमा गाडीलाई ह्यान्डल गर्न गाह्रो हुन्छ भने द्रुत गतिमा घुम्ती काट्दा गाडी उल्टिने जोखिम पनि रहन्छ |

नेपालको अधिकतम स्थानमा अझै पनि कच्चि सडक छ जसमा कालोपत्र गरिएको छैन | यसमा खाल्डा र उठेका भागहरु हुनु सामान्य कुरा हो | ग्राउण्ड क्लियरेन्स कम भएको गाडी यस्तो सडकमा राम्रोसंग चलाउन उचित हुदैन र यदि चलाए पनि उक्त गाडीको इन्जिन र चेसिसमा खराबी आउन सक्छ भने पट्टा भाचिने सम्भावना पनि उतिकै रहन्छ |

साधारण सडकमा सजिलै संग चल्नलाई गाडीमा न्यूनतम १०० मिमि ग्राउण्ड क्लियरेन्स हुनु आवश्यक छ | एसयुभीमा भने योभन्दा निकै धेरै ग्राउण्ड क्लियरेन्स हुनेगर्छ | उदाहरणका लागि: जीप कम्पासको ग्राउण्ड क्लियरेन्स २०९ मिमि रहेको छ जसले गर्दा जीप कम्पासलाई नेपालको अनियमित सडकका लागि उचित गाडी मान्न सकिन्छ |

 

 

 

शक्तिशाली इन्जिन

 

 

 

इन्जिनको काम इन्धनलाई प्रयोग गरेर गाडी चलाउनका लागि आवश्यक पर्ने शक्तिको उत्पादन गर्नु हो र सवारीको मुटु हो | इन्जिनको साइज जति ठूलो भयो त्यति नै धेरै पावर उक्त इन्जिनले पैदा गर्न सक्छ |

नेपालको अधिकतम भाग पहाडी भेगले भरिएको छ, पहाडको बीचबाट बनाइएको सडकमा धेरै उकालो र ओरालो हुने गर्छ | यहि उकालो सजिलैसंग काट्नका लागि गाडीमा शक्तिशालि इन्जिन हुनु आवश्यक छ | जति शक्तिशाली गाडीको इन्जिन, त्यति नै सजिलो जटिल स्थानमा यात्रा गर्नलाई |

इन्जिनले पैदा गर्ने पावर भने HP अर्थात् हर्स पावरमा मापन गरिन्छ | नेपालको जस्तो कठिन भूगोल भएको ठाउँमा कम्तिमा पनि ७० HP पावर पैदा गर्न सक्ने इन्जिनको आवश्यकता पर्छ | सामान्यतया धेरै क्षमता भएको इन्जिनले नै धेरै पावर निकाल्ने गर्छ तर सधै यहि हुन्छ भन्ने चाहिँ हुदैन | कम कम्प्रेसन रेसियो, अदक्ष उर्जा र हावाको मिश्रण आदि जस्ता तत्वले इन्जिनको पावरलाई असर गरिरहेको हुन्छ | समग्रमा भन्दा, इन्जिनको पावर हेर्नलाई HP अर्थात् हर्स पावरमा ध्यान दिनु राम्रो हुन्छ |

 

 

 

हलुका र सानो

 

 

 

सवारी साधन हलुका भएमा यसको उर्जा खपत पनि निकै कम हुन्छ, ठाडो उकालो पनि सजिलै काट्न सक्छ  र ह्यान्डल गर्न पनि निकै सजिलो हुन्छ | तौल कम भएको सवारी साधनहरुलाई जटिल भूगोलमा सजिलैसंग चलाउन सकिन्छ |

यस लगायत गाडीको आकार  सानो हुनुको पनि आफ्नै फाइदा छ | साना गाडीहरु चल्नलाई ठूलो सडकको आवश्यकता पर्दैन | यसर्थ जस्तो सुकै सानो सडकभएको ठाउँमा पनि साना सवारी सजिलै पुग्न सक्छ |

नेपालमा सम्भार नगरिएको र साँघुरो सडक भएकाले हलुका र साना गाडीहरु निकै उपयोगी हुन्छन तर सानो भन्दैमा पावर कम भएको सवारी साधन चाहीं उचित हुदैन | सानो बडीमा शक्तिशाली इन्जिन राखिएको गाडीहरु नेपालका सन्दर्भमा निकै उपयुक्त छन् |

यस्तै हालुका र सानो तर शक्तिशाली गाडीको उदाहरण हो जीपको रेंग्लर | जीप रेंग्लरको इन्जिन ३६०० सिसिको छ र यसमा २८५ HP पावर रहेको छ | सुजुकीको सामुराइ पनि सानो र हलुका तर निकै शक्तिशाली गाडी हो जसको तौल मात्र १००० किलोग्राम रहेको छ | यस्ता सवारी साधन नेपालका लागि उपयुक्त छन् |

 

 

 

तेल खपतमा कुशल

 

 

 

डिजेल र पेट्रोलबाट चल्ने सवारी साधनका लागि इन्धन खपत न्यूनीकरण एक ठूलै चुनौती हो | यहि लेखमा माथि नै तेल खपत इन्जिनको पावर बढेसंगै बढ्ने कुरा उल्लेख गरिसकेको छ  तर इन्धनको खपत इन्जिनको साइजमा मात्र निर्भर गर्दैन | इन्जिनको डिजाइनले इन्धनको खपत कति हुन्छ भनेर निर्धारण गरेको हुन्छ |

नेपाल मै इन्धन उत्पादन नहुने र बाहिरबाट निर्यात गर्नुपर्ने भएकाले इन्धन यहाँ महँगो छ | यहाँका लागि उचित हुने सवारीले पावरका साथै आकर्षक माइलेज पनि दिनु आवश्यक छ |

कम पावर भएर सेडानहरुले निकै राम्रो माइलेज दिने गर्छन तर सेडानको ग्राउण्ड क्लियरेन्स धेरै नभएकाले सेडानलाई नेपाली सडकका लागि उचित ठान्नु मिल्दैन | ठूला र शक्तिशाली एसयुभीले भने तुलनात्मक रुपमा निकै धेरै इन्धनको खपत गर्दछन् |

पावर र माइलेजको सहि मिश्रण हो मध्यम साइजको एसयुभी | यस वर्गका एसयुभीले जटिल स्थानमा यात्राका लागि आवश्यक पावर प्रदान गर्नुका साथै राम्रो माइलेज पनि प्रदान गर्छ | उदाहरणका लागि रेनाल्ट डस्टर जसको माइलेज २०.५ किलोमिटर प्रति लिटर रहेको छ भने १०८ HP पावर रहेको छ ।

 

अन्य विविध फिचर

 

माथि उल्लेखित चारवटा कुरा बाहेक नेपाली सडकका लागि उपयुक्त हुनलाई अन्य केहि स-साना कुराहरु पनि निकै महत्वपूर्ण साबित हुन्छ | यस्ता केहि फिचरहरु :

क. हिल स्टार्ट एसिस्ट : जसले गर्दा गाडी उकालोमा रोकी राख्न सकिन्छ र गाडी पछाडी सर्दैन | नेपाली सडकमा निकै धेरै उकाली ओराली हुने भएकाले यो कुरा निकै आवश्यक छ |

ख. चालक एयरब्याग : दुर्घटनाको समयमा चालकलाई ठक्करबाट हुने क्षतिबाट बचाउनका लागि चालक र चालक छेउ बस्ने यात्रुका लागि भनेर एयरब्याग राखिएको हुन्छ |

ग. सबै मौसममा प्रयोग गर्न मिल्ने टायर : जाडो, गर्मि र वर्षामा बेग्ला बेग्लै टायरको आवश्यक नहोस भनेर नै सबै मौसममा प्रयोग गर्न मिल्ने बहुमुखी टायरको प्रयोग भएको गाडी नेपाली सडक र यहाँको मौसमका लागि उचित हुन्छ |

घ.  प्रबलित र बलियो छत :  छतलाई बलियो बनाउनका लागि छुट्टै फ्रेम हालिएको गाडीमा दुर्घटनामा उल्टिएर हुने क्षति कम हुन्छ | यससंगै भारि सामानहरु ओसार पसार गर्न पनि यसले निकै मद्दत पुर्याउछ |

ङ. उच्च दृष्यता : गाडी चलाउदा चालकले चारै तिर राम्रोसंग देख्न सक्ने हुनुपर्छ | चालकको दृश्यमा यदि धेरै "ब्लाइन्ड स्पट" हरु छन् भने त्यसले दुर्घटना निम्त्याउन सक्छ | यसर्थ नेपाली सडकमा चलाउन उचित हुनका लागि उक्त गाडीमा उच्च दृश्यता हुनु आवश्यक छ |

 

 

 

 

 

 


 

 

 

 

 

 

यसमा तपाईको मत