ग्याजेट विशेष

फेसबुकको फोटो गुगल ड्राइभमा सार्न मिल्ने !

  नागरिक   2019-12-03

फेसबुकले नयाँ सफ्टवेयर रिलिज गर्ने भएको छ जसबाट प्रयोगकर्ताले आफ्नो फेसबुकका तस्विर र भिडियोहरूलाई गुगल ड्राइभ र गुगल फोटोजमा सार्न सक्नेछन् । प्रयोगकर्ताले यस एपको प्रयोगबाट फेसबुकमा भएको तस्विरलाई सिधै गुगल ड्राइभ वा गुगल फोटोजमा सार्न सक्नेछन् ।

अहिलेका लागि यस एपलाई आयरल्याण्डमा मात्र लन्च गरिएको छ । फेसबुकका अनुसार यो एप सन् २०२० मा विश्वव्यापी रूपमा रिलिज हुनेछ । यस प्रोजेक्टलाई फेसबुकले डेटा ट्रान्सफर प्रोजेक्ट नाम दिएको छ जस अन्तर्गत गुगल, फेसबुक, एप्पल र ट्वीटरहरू पर्छन । यस प्रोजेक्टमा आवद्ध भएका कम्पनीहरूसँग भएको आफ्नो  डेटालाई प्रयोगकर्ताले एकआपसमा सार्न पाउनेछन् ।

अहिलेका लागि फेसबुकबाट गुगल फोटोज र गुगल ड्राइभमा मात्र फोटो ट्रान्सफर गर्न मिल्ने छ । तर भविष्यमा हुने विश्वव्यापी लन्च सँगै प्रयोगकर्ताले आइक्लाउड र अन्य संजालहरूमा पनि फोटोहरु ट्रान्सफर गर्न सक्नेछन् ।

आयरल्याण्डका प्रयोगकर्ताहरूको टिप्पणी र गुनासोलाई ध्यानमा राखेर फेसबुकले यस एपलाई सुधार गर्दै लैजाने भएको छ ।

प्रयोगकर्ताहरूले यस एपलाई फेसबुकको सेटिंगमा रहेको “योर फेसबुक इन्फर्मेसन” मेनु अन्तर्गत भेट्न सक्नेछन् । आफ्नो फेसबुक र गुगल अकाउन्टलाई लिंक गरिसकेपछि प्रयोगकर्ताले आफ्नो फेसबुकको फोटोहरू गुगल ड्राइभ र गुगल फोटोजमा ट्रान्सफर हुनेछ ।

फेसबुकले बिगतको एक दशक देखि नै प्रयोगकर्तालाई आफ्नो व्यक्तिगत डेटाहरू डाउनलोड गर्न मिल्ने सुविधा प्रदान गरेको छ । प्रयोगकर्ताले आफ्नो फोटोका साथै पोस्ट, मेसेज जस्ता सम्पूर्ण कुराहरू फेसबुकबाट डाउनलोड गर्न सक्नेछन् ।

स्रोत: फेसबुक
 

 

यसमा तपाईको मत