ग्याजेट विशेष

फेसबुकको नयाँ लुक्स

  नागरिक   2020-05-09

संसार कै सबैभन्दा प्रचलित सामाजिक संजाल फेसबुकले आफ्नो वेबसाइटको युजर इन्टरफेसलाई परिवर्तन गरेको छ । गत वर्ष फेसबुकको डेभलोपर कन्फेरेन्स F8 मा सार्वजनिक गरिएको डिजाइनलाई आजबाट विश्वव्यापी रूपमा उपलब्ध गराउन सुरु गरिएको छ । अबका केही दिनमा नै सम्पूर्ण फेसबुक प्रयोगकर्ताले नयाँ लुक्स भएको facebook डट  com साइट प्रयोग गर्न सक्ने छन् ।

नयाँ डिजाइन भएको फेसबुक वेबसाइटमा निम्न फिचरहरू रहेका छन् :

१. फास्ट

नयाँ फेसबुक वेबसाइट पुरानो वेबसाइट भन्दा निकै नै फास्ट भएको दाबी फेसबुकले गरेको छ । यस वेबसाइटबाट ग्रुपहरू, गेमहरू र भिडियोहरू खोज्न र भेटाउन निकै नै सजिलो हुने भनिएको छ ।

२. डार्क मोड

फेसबुकको मोबाइल एपमा अहिलेसम्म उपलब्ध नगराइएको डार्क मोड फेसबुकको वेबसाइटमा उपलब्ध गराइएको छ । डार्क मोडले ब्याकग्राउण्डलाई कालो संगको बनाउने छ जसले गर्दा रातीको समयमा वेबसाइट प्रयोग गर्न सजिलो हुनेछ ।

३. सजिलो

यस नयाँ फेसबुकको वेबसाइटमा ग्रुपहरू, पेजहरू र अन्य इभेन्टहरू व्यवस्थापन गर्न निकै सजिलो बनाइएको छ ।

यस नयाँ मोडमा भएका फिचरहरूलाई फेसबुकले आफ्नो वेबसाइटको भिडियोमा देखाएको छ ।

 

स्रोत : फेसबुक

 

यसमा तपाईको मत