ग्याजेट विशेष

फेसबुकको नयाँ लोगो !

  नागरिक   2019-11-05

फेसबुकले आज नयाँ लोगो सार्वजनिक गरेको छ । यो लोगो फेसबुक एपको लागि नभएर फेसबुक कम्पनीको लागि रहेको छ । फेसबुक कम्पनी फेसबुक एपमा मात्र सिमित नभएको कुरालाई प्रष्ट पार्नका लागि यो नयाँ लोगो सार्वजनिक गरिएको हो । हाल उपलब्ध भएका फेसबुक एपमा ब्राण्ड सम्बन्धित कुनै पनि प्रकारको परिवर्तन आउने छैन ।

मेसेन्जर, इन्स्टाग्राम, व्हाट्सएप, अकुलस, वर्कप्लेस, पोर्टल, क्यलिब्रा आदि जस्ता सेवा र उत्पादनहरूको स्वामित्व बोकेको फेसबुक कम्पनीले यस लोगो प्रयोग गर्ने भएको छ ।

फेसबुक कम्पनी र फेसबुक एपको बीचमा फरक पहिचान गराउनका लागि नै यो नयाँ लोगो सार्वजनिक गरिएको हो, फेसबुकको आधिकारिक विज्ञप्तिमा उल्लेख छ ।

आगामी केही साताहरू मै इन्स्टाग्राम र व्हाट्सएपमा फेसबुक कम्पनीको लोगो प्रयोग गरिने छ । एपको लग इन पेजमा देख्न सकिने “From Facebook” मा “Facebook” शब्दलाई यो नयाँ फेसबुकको लोगोले प्रतिस्थापन गरिने छ ।

 

स्रोत: फेसबुक

 

यसमा तपाईको मत