ग्याजेट विशेष

संसार कै सबैभन्दा फास्ट इन्टरनेट स्पिड - ४,६३,४७,०५९ Mbps !

  नागरिक   2020-05-24

अष्ट्रेलियाका अनुसन्धानकर्ताहरूले संसार कै सबैभन्दा फास्ट इन्टरनेट स्पिड रेकर्ड गर्न सफल भएका छन् । उक्त स्पिड ४४.२ टेराबिट प्रति सेकेन्ड, अर्थात् ४,६३,४७,०५९ मेगाबिट प्रति सेकेन्ड (46,347,059 Mbps ) रहेको छ । यस स्पिडबाट एक सेकेन्डमा १००० भन्दा बढी चलचित्रहरू एच डी क्वालिटीमा डाउनलोड गर्न सकिन्छ ।

स्पिडटेस्ट वेबसाइटका अनुसार नेपालको औसत इन्टरनेट स्पिड १४ मेगाबिट प्रति सेकेन्ड ( 14 Mbps)   रहेको छ ।

अनुसन्धानकर्ताहरूले नयाँ माइक्रो कम्ब नामक उपकरणको प्रयोगबाट यति धेरै स्पिड हासिल गर्न सफल भएका हुन् । यस उपकरणलाई अनुसन्धानकर्ताहरूले प्रयोगशाला भित्र र बाहिर पट्टी राखेर परिक्षण गरिएको थियो ।

एउटा मात्र अप्टिकल चिपको प्रयोग गरेर संसार कै सबैभन्दा फास्ट इन्टरनेट थ्रुपुट पाउन सफल भएको छ । हालै संसारभर फैलिएको फाइबर केवललाई नै प्रयोग गर्दै इन्टरनेटको स्पिडलाई अप्रत्यासित रूपमा वृद्धि गर्न मिल्ने प्रविधिले गर्दा विभिन्न क्षेत्रहरूमा फाइदा पुग्ने निश्चित छ ।
हालका लागि यो इन्टरनेट स्पिड घरेलु प्रयोजनका लागि उपलब्ध र आवश्यक नभए पनि आगामी दिनहरूमा यस आविष्कारले इन्टरनेटको मुहारमा ठूलो परिवर्तन ल्याउने छ ।

संसार भरिका विभिन्न सूचना तथा प्रविधि केन्द्रित संस्था र व्यवसायमा यस आविष्कारले सहयोग पुर्याउने छ ।

कोरोनाभाइरसका कारण संसारभर भएको लकडाउनले गर्दा इन्टरनेटको प्रयोगमा उच्च वृद्धि भएको छ । “भविष्यमा गएर इन्टरनेटको स्पिड कतिसम्म हुन सक्छ र बढ्दो इन्टरनेट मागलाई कसरी व्यस्थापन गर्न सकिन्छ भन्ने कुराको झलक यस नयाँ आविष्कारले दिएको छ” - कोरकोरानले बताए ।

स्रोत : BBC

 

यसमा तपाईको मत