ग्याजेट विशेष

के हो फास्ट चार्जिंग ?

  नागरिक   2019-07-05

फास्ट चार्जिंग अहिले निकै चर्चामा रहेको र लगभग हरेक स्मार्टफोन निर्माताले आफ्नो स्मार्टफोनहरूमा प्रयोग गर्दै आएको फिचर पनि हो । आजभोलि रिलिज हुने अधिकांस फ्ल्याग्शिप र मिडरेन्ज स्मार्टफोनहरूमा केही न केही प्रविधिको फास्ट चार्जिंग प्रविधि राखिएको हुन्छ भने नयाँ रिलिज भएका बजेट स्मार्टफोनहरूमा पनि यस फिचर देखा पर्न थालेको छ ।

फास्ट चार्जिंग फिचरको मुख्य फाइदा यो हो कि यसले स्मार्टफोनलाई निकै फास्ट चार्ज गर्छ । साधारण चार्जरबाट फास्ट चार्जिंग सपोर्ट नगर्ने स्मार्टफोन चार्ज गर्न जति समय लाग्छ, उक्त समयको आधा भन्दा पनि कम समयमा फास्ट चार्जरले फास्ट चार्जिंग सपोर्ट गर्ने स्मार्टफोनलाई चार्ज गर्न सक्छ । तर फास्ट चार्जिंगले कसरी काम गर्छ, यसका विभिन्न प्रविधिहरू र यस प्रविधिलाई प्रयोग गर्दा ख्याल गर्नु पर्ने कुराहरूको यहाँ चर्चा गरिएको छ ।

फास्ट चार्जिंगले कसरी काम गर्छ ?


चार्जरको आउटपुट अर्थात् चार्जरले छोड्ने चार्जलाई एम्पिएर र भोल्टेजमा मापन गरिन्छ । भोल्टेज र एम्पियरलाई गुणन गर्दा उक्त चार्जरको वाटेज आउछ । यसर्थ, २ भोल्ट ५ एम्पिएरको चार्जर २x५ गरेर १० वाटको हुन्छ । जति धेरै चार्जरको वाट, त्यति नै धेरै उक्त चार्जरको चार्ज गर्ने क्षमता ।


चार्जरको वाटेज बढाउनका लागि निर्माताहरूले भोल्ट र एम्पिएर दुवैमा परिवर्तन गर्ने गर्दछन् । तर अधिकांस फास्ट चार्जरहरूले एम्पिएरमा परिवर्तन ल्याउनुको सट्टा भोल्टेजमा परिवर्तन ल्याउने गर्दछन् । साधारण युएसबी ३ स्ट्याण्डर्डका चार्जरहरूले ५ भोल्ट / १ एम्पिएर मा चार्ज गर्छ । स्मार्टफोनहरूले यही स्ट्याण्डर्डलाई २.४ एम्पिएर बनाएर प्रयोग गर्छ । अधिकांस स्मार्टफोनका साधारण चार्जरहरू ५ भोल्ट / २.४ एम्पिएरमा हुन्छन । फास्ट चार्जिंगका लागि चार्जरमा भोल्टेज ५ भोल्ट, ८ भोल्ट वा बढी हुनु पर्ने हुन्छ । कुनै कुनै फास्ट चार्जरमा एम्पिएर पनि बढाइएको हुन्छ – सामान्यतया ३ एम्पिएर भन्दा बढी ।


स्मार्टफोन फास्ट चार्ज हुनका लागि स्मार्टफोनले पनि फास्ट चार्जिंग सपोर्ट गरेको हुनुपर्छ । स्मार्टफोनको ब्याट्री र ब्याट्रीलाई चार्ज गर्ने सर्किट पनि त्यही अनुसारले बनेको हुनु पर्छ । सपोर्ट नगर्ने स्मार्टफोनमा फास्ट चार्जरको प्रयोग गर्दा ब्याट्री वा स्मार्टफोन नै बिग्रने समस्या आउन सक्छ ।

 

फास्ट चार्जिंगका प्रकारहरू


क्वाल्कम क्विक चार्ज


यो चार्जिंग प्रविधि सबैभन्दा प्रचलित र अधिकांस स्मार्टफोनले सपोर्ट गर्ने प्रविधि हो । क्वाल्कम विश्व कै सबैभन्दा ठूलो स्मार्टफोन चिप्सेट निर्माता हो र क्वाल्कमका अधिकांस चिप्सेटहरूले क्वाल्कम फास्ट चार्ज सपोर्ट गर्छ । हालै संचालनमा आएको क्विक चार्ज का संस्करणहरू क्विक चार्ज २.० र ३.० हुन् भने क्विक चार्ज ४.० भने नयाँ स्मार्टफोनहरूमा आउंदैछन् ।


सामसंग अड्यापटिभ फास्ट चार्ज


सामसंगले आफ्नो स्मार्टफोनहरूमा मात्र उपलब्ध गराउने फास्ट चार्जिंग प्रविधि हो अड्यापटिभ फास्ट चार्ज । यो चार्जर अधिकांस सामसंगको बजेट देखि फ्ल्याग्शिप स्मार्टफोन सम्ममा उपलब्ध गराइएको हुन्छ । पुराना माइक्रो यु एसबी पोर्ट भएकाहरुमा यस चार्जरले १० वाट मा काम गर्छ भने युएसबी सी भएकोमा १५ वाटमा काम गर्छ । सामसंगको क्वालकम प्रोसेसर भएको स्मार्टफोनले सामसंगको आफ्नै अड्यापटिभ फास्ट चार्ज प्रविधिका साथै क्वाल्कमको क्विक चार्ज प्रविधि पनि सपोर्ट गर्छ ।


अन्य:
१.    अप्पो सुपर VOOC चार्ज
२.    मेडियाटेक पम्प एक्सप्रेस चार्ज
३.    वनप्लस ड्यास चार्ज
४.    हुवावे सुपर चार्ज
५.    सायोमी सुपर चार्ज

 

 

यसमा तपाईको मत