ग्याजेट विशेष

यस्तो हुनेछ फेसबुकको नयाँ डिजाइन

  नागरिक   2019-07-22

गत वर्ष फेसबुकले आइफोन र एन्ड्रोइडका लागि नयाँ डिजाइनमा आधारित फेसबुक एप र फेसबुक मेसेन्जर एप रिलिज गरेको थियो | थोरै रंग, मिनिमल डिजाइन र सहज प्रयोगकर्ता अनुभूति प्रदान गर्ने लक्ष्यका साथ फेसबुकले आफ्नो एपहरूलाई पुन: डिजाइन गरेको थियो | सो समयमा नयाँ डिजाइनमा आधारित फेसबुक एप र मेसेन्जर स्मार्टफोनका लागि मात्र सिमित थिए, फेसबुकले वेबसाइटलाई भने नयाँ डिजाइन प्रदान गरेको थिएन | हालै फेसबुकले मेसेन्जरको वेबसाइट, मेसेन्जर डट कमको रिडिजाइनलाई सबै प्रयोगकर्ता बीचमा उपलब्ध गराएको छ |  फेसबुकको मुख्य वेबसाइट अर्थात् फेसबुक डट कमको डिजाइन कस्तो हुनेछ भनेर भिडियो पनि फेसबुकले उपलब्ध गराएको छ | उक्त भिडियोमा देखाइएका झलकहरू तल दिईएको छ:

यसमा तपाईको मत