ग्याजेट विशेष

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

  नागरिक   2020-03-22

फेसबुकमा मेसेन्जर मार्फत झुठा सन्देशहरू फैलन नदिनका लागि एउटै मेसेज पाँच पटक भन्दा धेरै पटक सेयर गर्न वा फरवार्ड गर्न नपाइने भएको छ । यो फिचर हालका लागि सुचारु नगरिए पनि निकट भविष्यमा यो फिचर फेसबुकको मेसेन्जरमा आउने छ ।

रिभर्स इन्जीनियर जेन मान्चुन ओंगले फेसबुक मेसेन्जर एपमा भएको यो फिचरको बारेमा पत्ता लगाएकी हुन्। चाडैं नै यो फिचर अब फेसबुक मेसेन्जरमा पनि आउन सक्ने सम्भावना रहेको छ ।

फेसबुकले सन् २०१८ मा यस्तै फिचर व्हाट्सएपमा पनि हालेको थियो । व्हाट्सएपमा कुनै पनि मेसेजलाई पाँच पटक भन्दा धेरै पटक फरवार्ड गर्न मिल्दैन । यो फिचर झुठा समाचारहरूलाई सजिलै फैलन नदिनका लागि हालिएको फिचर हो ।

यसै गरेर फेसबुकले मेसेन्जर र व्हाट्सएपमा फरवार्ड गरेको मेसेजहरूलाई फरवार्ड गरिएको मेसेज भनेर चिन्ह लगाउने गरेको छ ।

झुठा समाचारहरू भाइरल हुनका लागि मेसेन्जर जस्ता सामाजिक संजालको प्रयोग हुँदै आएको छ । हालै पनि नेपाल मै कोरोनाभाइरस सम्बन्धित विषयमा झुठो जानकारी दिने सन्देशहरू भाइरल भएका थिए । झुठा जानकारीहरू भाइरल हुन नदिनका लागि यो फिचर ल्याइने भएको हो ।

स्रोत : ट्वीटर

 

 

 

यसमा तपाईको मत