ग्याजेट विशेष

फेसबुक मेसेन्जरमा अब सजिलै डार्क मोड सुचारु गर्न मिल्ने

    2019-04-16

फेसबुकले गत महिना फेसबुक मेसेन्जर एपमा डार्क मोड सुचारु गर्न मिल्ने फिचर ल्याएको थियो तर उक्त फिचर सुचारु गर्नका लागि चन्द्रको इमोजी प्रयोग गर्नु पर्ने हुन्थ्यो । हालै रिलिज भएको फेसबुक मेसेन्जर अपडेटले मेसेन्जरमा डार्क मोड सुचारु गर्न चन्द्रको इमोजी प्रयोग गर्न नपर्ने भएको छ । प्रयोग कर्ताहरूले डार्क मोड सुचारु गर्नका लागि आफ्नो प्रोफाइलमा क्लिक गरेर सेटिंग मेनु खोलेर त्यहाँ भएको डार्क मोड भन्ने अप्सनलाई अन गर्नुपर्छ । 

डार्क मोडले मेसेन्जरको युजर इन्टरफेसको ब्याकग्राउन्ड रंग सबै कालो बनाइदिन्छ जसले रातिको समयमा च्याट गर्न र फेसबुक मेसेन्जर प्रयोग गर्न सजिलो हुन्छ । गुगलका अनुसार डार्क मोडले एन्ड्रोइड स्मार्टफोनहरूमा ब्याट्रीको बचत गर्न सक्नेछ । एमोलेड स्क्रिन भएको आइफोन - आइफोन टेन, आइफोन टेन एक्स र आइफोन टेन एक्स म्याक्स - मा डार्क मोड प्रयोग गरेपछि ब्याट्रीको खपत घट्ने छ ।

हालै धेरै एप निर्माताहरू आफ्नो एपहरूमा डार्क मोड सुचारू गर्न थालेका छन् । गुगलले पनि अब आउन लागेको नयाँ एन्ड्रोइड संस्करणमा सिस्टम सबैमा डार्क मोड सुचारु गर्न मिल्ने फिचर ल्याउन लागेको छ ।

फेसबुक मेसेन्जरको डार्क मोडलाई सेटिंगबाटै सोझै सुचारु गर्नका लागि प्रयोगकर्ताले मेसेन्जर अपडेट गर्नु पर्ने हुन्छ र नयाँ भर्सनको मेसेन्जर इन्स्टल गर्नु पर्ने हुन्छ । 
 

यसमा तपाईको मत