अटो विशेष

दुगड ब्रदर्स बिल्डकनमा

  नागरिक   2020-02-11

काठमाडौं– भारतको प्रतिष्ठित कम्पनी महिन्द्रा एन्ड महिन्द्राद्वारा उत्पादित निर्माण उपकरणको अधिकृत बिक्रेता दुगड ब्रदर्स एन्ड सन्स प्रालिले छैटौं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी २०२० मा सहभागिता जनाएको छ । 
उक्त प्रदर्शनीमार्फत महिन्द्राका मोटर ग्रेडर (जि–९०), ब्याकहो लोडर (भिएक्स–९०) र ब्लाजो–२५ ट्रिपर प्रदर्शनीमा राखेर बिक्रेतालाई जानकारी गराएको कम्पनीले जनाएको छ ।
प्रदर्शनीमा राखिएका विभिन्न मोडलका निर्माण उपकरण कम लागत उच्चतम प्रयोग, सस्तो सञ्चालन खर्च, सरल तथा अत्याधुनिक प्रविधि, उच्च माइलेज र बेजोड कार्यक्षमताको विषेशतायुक्त रहेको जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रदर्शनीमा बुकिङ तथा डेलिभरी लिएका ग्राहकका लागि नगद छुट, दुई वर्ष वा चार हजार घन्टाको सर्भिस सामग्री निःशुल्क रुपमा उपलब्ध गराएको पनि कम्पनीले जनाएको छ । 
 

यसमा तपाईको मत