ग्याजेट विशेष

DSLR को फोटोलाई हुवावेको स्मार्टफोनबाट खिचेको भनेर झुटो प्रचार गरेको भेटियो !

  नागरिक   2020-04-22

चिनियाँ स्मार्टफोन कम्पनी हुवावेले DSLR बाट खिचेको फोटोलाई हुवावेको नयाँ स्मार्टफोनबाट खिचेको भनेर झुटो प्रचार गरेको भेटिएको छ ।

हुवावेले आफ्नो नयाँ फ्ल्याग्शिप स्मार्टफोन हुवावे पी ४० को प्रचारको लागि चिनमा एक प्रतिस्पर्धामा आयोजना गरेको छ । चिनियाँ सामाजिक संजाल विईबोमा हुवावेले एक भिडियो सेयर गरेको थियो जसमा “हुवावे स्मार्टफोन खिचिएको तस्विरहरू” भनेर आकर्षक तस्विरहरू देखाइएको छ ।

तर एक विईबोका प्रयोगकर्ताले हुवावेले देखाएको फोटोहरू मध्ये एक फोटोलाई पहिचान गर्न सफल भएका छन् र उक्त फोटो हुवावेको पी ४० स्मार्टफोनबाट नभई प्रोफेसनल DSLR क्यामराबाट खिचिएको हो । उक्त तस्विर 500px नाम गरेको फोटो सेयर गर्ने वेबसाइटमा पहिलेबाट नै उपलब्ध गराइएको थियो ।

उक्त तस्विर हुवावेको पी ४० प्रोबाट नभए निकनको D850 क्यामराबाट खिचिएको तस्विर हो । उक्त क्यामराको बजार मूल्य ३००० हजार अमेरिकी डलर रहेको छ र पी ४० प्रोको क्यामराले उच्चस्तरीय DSLR को क्यामराको गुणस्तरलाई बराबर गर्न सक्दैन । तर पी ४० प्रोको क्यामरा नराम्रो भएको चाहिँ होइन । हाल उपलब्ध स्मार्टफोनहरू मध्ये सबैभन्दा उत्कृष्ट क्यामरा भएको स्मार्टफोनमा हुवावेको पी ४० प्रो पनि पर्छ ।

कम्पनीले यस विषयमा माफी माग्दै एक विज्ञप्ति पनि प्रकाशन गरेको छ जस हुवावेले गल्ती स्वीकार गरेको छ । अहिले ओरिजिनल भिडियोलाई हटाइएको छ र नयाँ भिडियोमा “हुवावे स्मार्टफोनबाट खिचिएको” भन्ने लाइन प्रयोग गरिएको छैन ।
 
हुवावेले सन् २०१८ मा पनि हुवावे नोभा ३ को लन्चको समयमा DSLR को फोटोलाई नोभा ३ को फोटो भनेर झुटो प्रचार गरेको भेटिएको थियो । यसै गरेर सन् २०१९ मा पनि पी ३० प्रोको लन्चमा पनि यस्तै भेटिएको थियो ।

स्रोत: 9to5Google

 

यसमा तपाईको मत