ग्याजेट विशेष

फेसबुकमा अपलोड गरेका सबै फोटोहरू एकैपटकमा कसरी डाउनलोड गर्ने?

  नागरिक   2020-02-06

तपाईंले फेसबुकमा हालेका तस्विर र भिडियोहरूलाई एकैपटकमा डाउनलोड गरेर हेर्न सक्नुहुनेछ । यदि तपाईंलाई आफूले अपलोड गरेको सम्पूर्ण फाइलहरु एकैपटकमा चाहिएको छ वा यदि तपाईं सधैको लागि फेसबुक बन्द गर्न चाहनुहुन्छ भने फेसबुकबाट तपाईंले आफ्नो सबै जानकारी डाउनलोड गर्नु उचित हुन्छ ।

फेसबुकबाट तपाईंको फेसबुकसँग भएको सम्पूर्ण जानकारी पूर्ण डाउनलोड गर्नका लागि यस्तो गर्नुहोस् :

 

१. कम्प्युटरको ब्राउजरबात फेसबुक खोल्नुहोस र फेसबुकको पेजमा माथि पट्टिकोको दाहिने भागमा रहेको Settings मा क्लिक गर्नुहोस्


२. सेटिंग पेजको देब्रे पट्टि रहेको भागको तेस्रो मेनुमा रहेको Your Facebook information भन्ने अप्सनमा क्लिक गर्नुहोस्


३. नयाँ खुलेको मेनुहरुको सूचीमा दोस्रोमा रहेको “Download your information” मा क्लिक गर्नुहोस्


४. त्यहाँ देखाइएको सूचीबाट आफूलाई आवश्यक पर्ने जानकारीलाई मात्र चयन गर्नुहोस् - तस्विरहरूका लागि Photos and Videos विकल्पलाई चयन गर्नुहोस्


५. माथि पट्टिको अप्सनको सूचीमा Date Range ले आफूलाई मन लागेको मितिको मात्र डेटा डाउनलोड गर्न सक्नुहुनेछ । Format को अप्सनमा HTML चयन गर्नु उचित हुन्छ । मेडिया गुणस्तर ( Media Quality) मा आवश्यकता अनुसार Low ( कम गुणस्तर ), Medium ( मध्यम गुणस्तर ) र High  ( उच्च गुणस्तर ) मा आफ्नो तस्विरहरू डाउनलोड गर्न सक्नुहुनेछ । जति नै बढी गुणस्तर, त्यति नै बढी डाउनलोड गर्ने फाइलको साइज हुनेछ ।


६. आफूलाई मन लागेको अप्सनहरु चयन गरिसकेपछि निलो रंगमा भएको Create File मा क्लिक गर्नुहोस् ।

Create File मा क्लिक गरिसकेपछि तपाईंको डाउनलोडको लागि फाइल बन्न सुरुहुनेछ । फाइल तयार हुनलाई तपाईंले चयन गरेको विकल्प अनुसार केहि समय लाग्नसक्छ । फाइल तैयार भएपछि तपाईंलाई सूचना अर्थात् नोटिफिकेसन आउनेछ र तपाईंले उक्त फाइल डाउनलोड गर्न सक्नुहुनेछ ।

यसमा तपाईको मत