अटो विशेष

अझै धेरै डिस्काउन्टका साथ सुजुकी गाडी

  नागरिक   2019-08-28

काठमाडौं– नाडा अटो सो तथा नेपालीहरुको महान पर्वको अवसरमा सुजुकीले आकर्षक योजना प्रस्तुत गरेको छ । 
यो योजना नेपाली अटोमोबाइलको उद्योगमा उत्कृष्ट सुरुवात भएको र यो नाडा अटो सोदेखि प्रारम्भ भई दसैं तिहारसम्म लागू हुने कम्पनीले जनाएको छ । 
यस वर्ष सुजुकी पर्वोत्सव योजनामा दुई लाखसम्मको नगद छुट, अधिकतम एक लाखसम्मको एक्सचेन्ज बोनस, इ–स्क्र्याच सिस्टममार्फत अधिकतम एक लाखसम्मको थप छुट तथा एक वर्षसम्मको सवारी कर निःशुल्क प्राप्त गर्न सकिने छ । 
यसका साथै नाडा अवधिभर सुजुकी गाडी खरिद गर्दा अधिकतम ५० हजारसम्मको विशेष छुट पनि प्राप्त गर्न सकिने बताइएको छ ।
यस वर्ष सुजुकीले स्मार्ट हाइब्रिड कार पनि प्रस्तुत गरेको छ । नाडा अटो सोमा कम्पनीले इर्टिगा, सियाज र एस क्रस गरी तीन मोडेलका गाडी बिक्रीमा राखेको जनाएको छ । जसको खरिद मूल्य क्रमशः ३८ लाख ९९ हजार, ३८ लाख २९ हजार तथा ४२ लाख ९९ हजार रहेको छ । 
 

यसमा तपाईको मत