कभर स्टोरी

दराजको ११.११ अनलाइन मेला हुने

  नागरिक   2021-10-29

अनलाइन सपिङ फेस्टिभल ११.११ कात्तिक २५ गतेदेखि सुरु हुने भएको छ। दराजले ११ लाख उत्पादनमा पाँच करोडको छुटसहित ११.११ को चौथो संस्करण सुरु गर्न लागेको हो।

दराजले आफ्ना डेलिभरी पार्टनरसँग मिली १४ सय बढी नयाँ कर्मचारी, कस्टमर केयर एजेन्ट र एक हजार डेलिभरी हिरोज भर्ती गरेर आफ्नो परिचालन क्षमता बढाएको विज्ञप्तिमा उल्लेख छ।

यस वर्षको ११।११ मा ११ लाखभन्दा बढी उत्पादन प्रस्तुत गर्ने तथ्यलाई ध्यानमा राख्दै कम्पनीले देशभरका ४७ भन्दा बढी सहरमा सहज र छिटो डेलिभरी सुनिश्चित गर्नका लागि हजारभन्दा बढी डेलिभरी सवारी साधन थप गर्नुका साथसाथै सात लजिस्टिक पार्टनरसँग साझेदारी गरी आफ्नो सपिङ क्षमता पनि बढाएको कम्पनीले जनाएको छ।

यसमा तपाईको मत