ग्याजेट विशेष

यसरी बनाउनुहोस् तपाईंको आफ्नै अक्षरको कम्प्युटर फन्ट

  नागरिक   2018-12-03

कम्प्युटरमा टाइप गर्दा तपाईंलाई आफ्नै हस्तलेखन जस्तो फन्टमा लेख्न पाए हुन्थ्यो भन्ने सोच आउछ ? यदि आउछ भने तपाईंको लागि खुशीको कुरा हो कि माइक्रोसफ्टको नयाँ फन्ट मेकर भन्ने सफ्टवेयरबाट प्रयोगकर्ताले आफ्नो अक्षर कै आधारमा फन्ट बनाउन सक्ने छन् |

आवश्यकता :


- विन्डोज १० (Windows 10) चल्ने कम्प्युटर
- ल्यापटप अथवा ट्याब्लेट टच स्क्रिन हुनु पर्ने

माइक्रोसफ्टको फन्ट मेकर एप माइक्रोसफ्टको विन्डोज १० मा हुने स्टोरमा निशुल्क उपलब्ध भएको एप हो | उक्त एप डाउनलोड गर्नका लागि :


१. माइक्रोसफ्ट स्टोर ( Microsoft Store ) खोल्नुहोस्
२. “Microsoft Font Maker” भनेर सर्च गर्नुहोस्
३. गेट ( Get ) मा क्लिक गर्नुहोस् र डाउनलोड गर्नुहोस्

एप डाउनलोड भइसके पछि स्टार्ट (Start) बाट एपलाई खोल्नुहोस् | एप खोल्नासाथ तपाईंलाई अंग्रेजी बर्णमालाका अक्षरहरु लेख्नलाई एपले निर्देशन दिनेछ | त्यहाँ भएका बक्साहरुमा सम्बन्धित अक्षरहरु लेखेर “Next” मा क्लिक गर्नुहोस् |

अर्को पृष्ठमा पुगेपछि तपाईंलाई उक्त एपले अक्षरको सट्टा पूर्ण वाक्य नै लेख्न पठाउने छ | त्यहाँ देखाए जसरी पूर्ण वाक्य लेखेपछि फेरी “Next” मा क्लिक गर्नुहोस् |

वाक्य लेख्ने काम सकिए पछि एपले तपाईंले भर्खर बनाएको फन्टको स्पेस र साइज चयन गर्न पठाउने छ | फन्टमा अक्षर बीचको र शब्द बीचको खालि ठाउँ कति राख्ने भनेर चयन गर्न सकिनेछ | यसका लागि तलको देब्रे पट्टि देखाईएको स्लाइडरलाई स्लाइड गर्नु पर्ने हुन्छ |

यस पछि फन्टलाई “Create” भन्ने अप्सनमा क्लिक गरेर सुरक्षित गर्नसक्नु हुनेछ | सुरक्षित भएको फन्टलाई Windows भन्ने फोल्डरको Font भन्ने फोल्डर भित्र लगेर “Save” गर्नुपर्ने हुन्छ | उक्त फन्टलाई डबल क्लिक गरेपछि फन्ट इन्स्टल हुनेछ र प्रयोग गर्नका लागि तैयार हुनेछ |


तस्विर : pcworld बाट

 

 

 

 

 

यसमा तपाईको मत