ग्याजेट विशेष

फ्लप भयो सामसंग ग्यालेक्सी एस २० - कारण कोरोना भाइरस

  नागरिक   2020-03-05

सामसंगको नयाँ र अभिनव फ्ल्याग्शिप स्मार्टफोन ग्यालेक्सी एस २० को बिक्री निकै नै कम भएको छ । सामसंगको घरेलु बजार दक्षिण कोरियामा पनि नयाँ मोडलको बिक्री सामसंगले सोचेभन्दा निकै नै कम रहेको छ ।

दक्षिण कोरियाको योन्हाप न्युज एजेन्सीका अनुसार दक्षिण कोरियामा सामसंगले पहिलो दिनमा ७०,८०० वटा सामसंग ग्यालेक्सी एस २० स्मार्टफोन बेच्न सफल भएको थियो । यो संख्या सामसंग ग्यालेक्सी एस १० को तुलनामा निकै नै कम रहेको छ । सामसंग ग्यालेक्सी एस १० रिलिजको दिन मा नै १ लाख ४० हजारवटा बिक्री भएको थियो ।

यसै गरेर गत वर्ष रिलिज भएको ग्यालेक्सी नोट १० को पहिलो दिनको बिक्री नै २ लाख २० हजार रहेको थियो ।। यसर्थ, सामसंग ग्यालेक्सी एस २० को बिक्री नोट सिरिजको तुलनामा तीन गुणा कम र ग्यालेक्सी एस १० को तुलनामा दुई गुणा कम रहेको छ ।

कोरोना भाइरसको कारणले गर्दा अधिकाँस उपभोक्ताहरू सामसंगको पसलमा नआएका कारणले गर्दा नै सामसंग ग्यालेक्सी एस २० को बिक्री सोचेभन्दा निकै कम  भएको कुरा एक स्थानीय टेलिकमका अधिकारीले बताएका छन् ।

यसै गरेर सामसंग ग्यालेक्सी एस २० गत वर्ष रिलिज भएका एस १० भन्दा महँगा छन् । पहिलेको मोडलभन्दा महँगो भएकाले पनि यस मोडलको बिक्री कम भएको हुन सक्ने सम्भावना रहेको छ ।

सामसंगको एस २० स्मार्टफोनहरू अमेरिका लगायत अन्य देशहरूमा पनि यही मार्च ६ मा रिलिज हुने भनिएको छ ।

स्रोत : CNET

यसमा तपाईको मत