अटो विशेष

कारको ब्याट्रीको आयू कति समय हुन्छ ?

    2019-06-09

काठमाडौँ- विशेषत कारको ब्याट्रीको आयू ५ वर्ष देखि ७ वर्षसम्मको हुञ्छ। साथै ब्याट्रीमा कति ध्यान इिदएको छ त्यसमा पनि निर्भर रहेको हुन्छ। ब्याट्री कहिले परिवर्तन गरिएको हो सो कुराको पनि जानकारी हुनु जरुरी छ। जति पुरानो कार हुन्छ त्यति नै पुरानो ब्याट्री रहेको हुन्छ । कारको ब्याट्री ५ वर्ष देखि ७ वर्षसम्म प्रयोग गर्न सकिन्छ।

कारको रफ्तारको आधारमा 
कारमा ब्याट्रीको आयु केही हदसम्म कार कतिको चल्छ त्यसमा निर्भर रहेको हुन्छ । । दिनदिनै कार चल्दा ब्याट्री चार्ज भइरहेको हुन्छ । यदि कार हरेक दिन चलाएमा ब्याट्रीले पनि त्यतिकै साथ दिइरहेको हुन्छ भने यदि कार कहिलेकाही मात्र चलाएमा त्यसको ब्याट्रीमा केही समस्या आउन सक्छ। कहिलेकाही चलाएको कारमा ब्याट्रीको आयु पनि कम हुन्छ।

गर्मी र ओभरचार्जिङ्ग
धेरै गर्मी हुने स्थानमा कारको ब्याट्रीको आयु कम हुने गर्छ। धेरै गर्मी र ओभरचार्जिङको कारणले ब्याट्री चाँडै नै खराब हुन्छ । गर्मीको कारण ब्याट्री भित्रको फ्लुइड वाष्पिकरण हुन जान्छ जसको कारण ब्याट्री भित्रबाटै नोक्सानी हुन्छ।

हेडलाइट्स पिलपिल गरेमा 
तीव्र गतिमा गुडिरहेको कारको हेडलाइट्स पिलपिल गरेमा ब्याट्री कमजोर छ भन्ने कुरा थाहा पाउनु पर्छ । ब्याट्री टर्मिनल्स र केबल्समा कोरिएकोे निसानले पनि ब्याट्री कमजोर छ भन्ने कुरा थाहा पाउन सकिन्छ।

छोटो र लामो दुरीको यात्रा
छोटो दुरीको यात्राले ब्याट्रीमा केही खराबी ल्याएको हुन्छ विशेषगरी बिहानपख । लामो दुरीको यात्राले ब्याट्री फुल चार्ज भएको हुन्छ । ब्याट्रीलाई आफ्नो स्थानमा  बेल्टले कसेर बाध्नु पर्छ ।

समय समयमा टर्मिनल्सलाई सफा गरिरहने 
भाइब्रेसनले यसको भित्री भागमा असर गर्ने शंका बढी हुन्छ । टर्मिनल्सलाई समय समयमा ब्रशले सफा गरिरहनु पर्छ । ब्रशलाई ब्रेकिङ सोडा र पानीको घोलमा डुवाएर सफा गर्नु पर्छ । स्टार्ट नगरिएको कारमा इलेक्ट्रिकको प्रयोग निकै घातक हुन्छ ।

 

कारको रफ्तारको आधारमा  

गर्मी र ओभरचार्जिङ्ग

हेडलाइट्स पिलपिल गरेमा

छोटो र लामो दुरीको यात्रा 

समय समयमा टर्मिनल्सलाई सफा गरिरहने  

यसमा तपाईको मत