ग्याजेट विशेष

ल्यापटपबाट नै कल गर्न र उठाउन मिल्ने !

  नागरिक   2019-12-17

माइक्रोसफ्टको एप “योर फोन” को प्रयोगबाट विन्डोज इन्स्टल भएको ल्यापटपबाट नै कल गर्न र उठाउन मिल्ने भएको छ । गत जुलाईमा माइक्रोसफ्टले यस एपलाई एन्ड्रोइड र आइफोनमा लन्च गरेको थियो । उक्त एपको प्रयोगबाट  ल्यापटपमा नै आफ्नो स्मार्टफोनबाट एसएमएस गर्न र तस्विरहरू सेयर गर्न मिल्ने भएको थियो ।

अहिले सोही एप अपडेट गरिएको छ र यस अपडेट पछि एन्ड्रोइड स्मार्टफोनका प्रयोगकर्ताहरूले विन्डोज ल्यापटपबाट नै कल गर्न र कल उठाउन मिल्ने भएको छ ।

यो नयाँ फिचरको प्रयोगबाट स्मार्टफोनमा आएको कलहरूलाई सोझै ल्यापटपबाट उठाउन र कुराकानी गर्न सकिनेछ । कल उठाउनका साथै कल गर्न पनि मिल्नेछ ।

ल्यापटप र स्मार्टफोनलाई योर फोन एपबाट जडान गर्नका लागि ल्यापटप र स्मार्टफोनमा उक्त एप इन्स्टल गरिएको हुनुपर्छ । यो एप गुगलको प्ले स्टोर र आइफोनको एप स्टोरमा नि : शुल्कमा डाउनलोड गर्न र प्रयोग गर्न सकिनेछ । विन्डोज १० को स्टोरबाट “Your Phone” नामक एप डाउनलोड गरेपछि आफ्नो एन्ड्रोइड स्मार्टफोन वा आइफोनलाई जडान गर्न सकिनेछ ।

आवश्यक पर्ने एप डाउनलोड गरेर स्मार्टफोन र ल्यापटपलाई जडान गरिसकेपछि स्मार्टफोनको नोटिफिकेसन, मेसेज र तस्विरहरू सोझै ल्यापटपबाट हेर्न सक्नेछन् । कल गर्न र कल उठाउन मिल्ने फिचर भने केवल एन्ड्रोइड स्मार्टफोनका लागि मात्र सिमित गरिएको छ - यो फिचर आइफोनहरूमा उपलब्ध गराइएको छैन ।

म्याकबुक प्रयोग गर्ने आइफोन प्रयोगकर्ताहरूले म्याकमा पहिलेबाट नै उपलब्ध भएको  Continuity फिचरलाई प्रयोग गर्न सक्नेछन् ।

 

यसमा तपाईको मत