अटो विशेष

फाप्लु पुग्यो विधुतीय गाडी ‘बिवाइडी एमपी थ्री’

  नागरिक   2019-11-06

काठमाडौं– चीनमा निर्मित विधुतीय गाडी बिवाइडी एमपी थ्री हिमाली जिल्ला सोलुखुम्बुको फाप्लुसम्म पुगेको छ । 
काठमाडौंमा फुल चार्ज गरेर हिँडेको उक्त गाडी बिपीमार्ग,घुर्मी, ओखलढुंगा हुँदै फाप्लु पुगेको हो । ‘काठमाडौंमा चार्ज गरेर हिँडेको बिवाइडी एमपी थ्री फाप्लु पुगेको घटनाले यो पिच, घुमाउरो, उकालोओरालो र कच्ची सबै बाटोका लागि उपयुक्त छ भन्ने प्रमाणित भएको छ,’ नेपालका लागि बिवाइडी एमपी थ्रीको अधिकृत वितरक साइमेक्स इन्क प्रालिका बिक्री वितरण प्रमुख समिर श्रेष्ठले बताए । उनले ग्राहकले चासो राख्ने भनेकै सबै खालको सडकमा चल्छ चल्दैन भन्ने कुरा मुख्य रहेको र त्यसमा शंका नगर्न आग्रह गरे ।
 उनका अनुसार ५० दशमलव ३ किलोवाट क्षमताको एनसिएम व्याट्री प्रयोग हुने यो कार एक पटक चार्ज गरेर तीन सय १० किलो मिटर सम्म चालउन सकिने यो कार पाँच र सात सिटमा उपलब्ध छ । कम्पनीले यसको संचालन र मर्मत खर्च अन्यको भन्दा कम रहेको दावी गरेको छ । श्रेष्ठ प्रति किलोमिटर दुई रुपैया भन्दा कमको इन्धन खपतमा यात्रा गर्न सकिने बताउँछन् । उनले यो कार ८० प्रतिशत सात बर्षे फाइनान्स सुविधा न्युनतम व्याजदरमा प्राप्त गर्न सकिने बताए । 
व्याट्रीमा आठ वर्षको वारेण्टी सुविधा भएको यो गाडीमा दुवै तिर स्लाइड सहितको ढोका, एयर व्याग, एडजस्टेवल सिट, रि–जेनेरेटिभ ब्रेक, हिल होल्ड कन्ट्रलो (एचएचसी) र इलेक्ट्रोनिक प्रोग्राम (इएसपी) सुविधा रहेको श्रेष्ठले जानकारी दिए । सन् २०१५ देखी  बिक्रीमा ग्लोवल च्यानपियन रहको बिवाइडीले कारका अतिरिक्त इलेक्ट्रोनिक बस, ट्रक, स्काइ रेल, लगायतका उत्पादन गर्दै आएको र ति विश्वका ६० देशका तीन सय शहरमा प्रयोगमा आइरहेको कम्पनीले जनाएको छ ।

यसमा तपाईको मत