ग्याजेट विशेष

१० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

  नागरिक   2020-03-10

अति नै टाइट बजेटमा हुनुहुन्छ ? इन्टरनेट चलाउन, कल गर्न र उठाउन, मेसेज गर्न र समाचार पढ्नका लागि मात्र एन्ड्रोइड स्मार्टफोनको खोजिमा हुनुहुन्छ भने बजारमा आजभोलि १० हजारभन्दा तलमा नै राम्रा र फिचरयुक्त एन्ड्रोइड स्मार्टफोनहरू पाइन्छन् । यो लेखमा १० हजार वा सो भन्दा कममा आउने एन्ड्रोइड स्मार्टफोनहरूको सूची दिईएको छ :

१. नोकिया २.२

आकर्षक डिजाइन, मूल्यका लागि मिल्दो फिचर्स र नेरु ९,५०० को न्यूनतम मूल्यमा नोकिया २.२ निकै राम्रो एन्ड्रोइड स्मार्टफोन हो । यसमा दिनभर टिक्ने ब्याट्री र सामान्य प्रयोगका लागि फास्ट चल्ने प्रोसेसर राखिएको छ । यसका अन्य प्राविधिक विशेषताहरू तल उल्लेख गरिएको छ :

डिस्प्ले : ५.७१ इन्च को एचडी डिस्प्ले
प्रोसेसर : MediaTek Helio A22 Quad-core 1.3GHz
र्याम : २ जीबी र्याम
स्टोरेज : १६ जीबी, मेमोरी कार्ड लाग्ने
पछाडीको क्यामरा : १३ मेगापिक्सल
सेल्फी क्यामरा : ५ मेगापिक्सल
अन्य : डबल सिम, 3G सपोर्ट, एन्ड्रोइड ९
ब्याट्री : ३००० mAh
मूल्य : ९,५००

२. ग्यालेक्सी ए २ कोर

नाम चलेको र विश्वसनीय कम्पनी सामसंगले महँगा स्मार्टफोन मात्र नभई सस्तो र टिकाउ स्मार्टफोनहरू पनि रिलिज गर्दै आएको छ । ग्यालेक्सी ए २ कोरमा सामसंगको आफ्नै प्रोसेसर राखिएको छ जुन सामान्य कार्यहरूका लागि फास्ट नै छ । तर यसमा एन्ड्रोइडको लाइट संस्करण अर्थात् एन्ड्रोइड गो राखिएको छ । एन्ड्रोइड गो का फाइदा र बेफाइदाहरू के हो भनेर बुझ्नका लागि यो लिंकमा जान सक्नुहुनेछ : के हो एन्ड्रोइड गो ?

यो स्मार्टफोनका प्राविधिक विशेषताहरू यस प्रकारका रहेकाछन् :

डिस्प्ले : ५ इन्च डिस्प्ले
प्रोसेसर : Exynos 7870 Octa Octa-core 1.6 GHz
र्याम : १ जीबी
स्टोरेज : १६ जीबी (मेमोरी कार्ड लाग्ने )
पछाडीको क्यामरा : ५ मेगापिक्सल
सेल्फी क्यामरा : ५ मेगापिक्सल
अन्य : डबल सिम, 3G सपोर्ट, एन्ड्रोइड ८ ( एन्ड्रोइड गो )
ब्याट्री : २६०० mAh
मूल्य : ८,५००

३. कलर्स 5X

कलर्सले गत वर्ष लन्च गरेको यस स्मार्टफोनको मुख्य आकर्षण नै यसको डबल क्यामरा रहेको छ । यो मूल्यमा पनि डबल क्यामरा आउने यो मात्र स्मार्टफोन रहेको छ । यदि तपाईं डबल क्यामरा भएको स्मार्टफोन सबैभन्दा सस्तो स्मार्टफोनको खोजिमा हुनुहुन्छ भने तपाईंले यो स्मार्टफोन खरिद गर्नु उचित हुन्छ । यसका प्राविधिक विशेषताहरू यस प्रकारका रहेका छन् :

डिस्प्ले :५.४५ इन्च डिस्प्ले
प्रोसेसर : १.३ Ghz Quad Core
र्याम : २ जीबी
स्टोरेज : १६ जीबी ( मेमोरी कार्ड लाग्ने )
पछाडीको क्यामरा : ८ मेगापिक्सल + ०.३ मेगापिक्सल
सेल्फी क्यामरा : ५ मेगापिक्सल
अन्य : डबल सिम, एन्ड्रोइड ८.१, 3G
ब्याट्री : ३००० mAh
मूल्य : १०,०००


४. रेड्मी गो

रेड्मी गो पनि एन्ड्रोड गो इन्स्टल भएकै स्मार्टफोन हो । यसमा स्नापड्रागनको ४२५ प्रोसेसर राखिएको छ, जुन यहि मूल्यमा आउने अन्य स्मार्टफोनहरूभन्दा केही फास्ट रहेको छ । यसका अन्य प्राविधिक विशेषताहरू यस प्रकारका रहेका छन् :

डिस्प्ले : ५ इन्च डिस्प्ले
प्रोसेसर : Qualcomm Snapdragon 425 Quad-core 1.4 GHz CPU
र्याम : १ जीबी र्याम
स्टोरेज : १६ जीबी ( मेमोरी कार्ड लाग्ने )
पछाडीको क्यामरा : ८ मेगापिक्सल
सेल्फी क्यामरा : ५ मेगापिक्सल
अन्य : डबल सिम, 3G, एन्ड्रोइड गो ८.०
ब्याट्री : ३००० mAh
मूल्य : ८,०००

 

यसमा तपाईको मत