ग्याजेट विशेष

रिलिज भयो एप्पलको बजेट आइफोन - मूल्य कति ?

  नागरिक   2020-04-16

सधैं महंगा र फ्ल्याग्शिप स्मार्टफोनहरू मात्र निर्माण गर्दै बेच्दै आएको एप्पलले अब बजेट आइफोन पनि रिलिज गरेको छ । एप्पलले सन् २०१६ मा नै आइफोन एस इ रिलिज गरेको थियो जुन आइफोन नै एप्पलको सबैभन्दा सस्तो र बजेट आइफोन रहेको थियो ।


उक्त आइफोन एस इ रिलिज भएको लगभग ४ वर्ष पछि एप्पलले आइफोन एस इ २०२०  रिलिज गरेको हो । बजेट आइफोनमा ४.७ इन्चको नच नभएको डिस्प्ले छ र उक्त आइफोनको डिजाइन आइफोन ८ सँग मिल्दो छ ।


आइफोन एस इ को तुलनामा यस आइफोन मोटो हुने र निकै ठूलो छ । यस आइफोनको पछाडीको भाग सिसाले बनेको छ । यसर्थ, यो बजेट आइफोनमा पनि वायरलेस चार्जिंग प्रविधि रहेको छ ।


अगाडी पुरानो आइफोनहरूमा जस्तै होम बटन हुनेछ र उक्त होम बटनमा फिंगरप्रिन्ट स्क्यानर पनि छ । नयाँ आइफोनहरूमा होम बटन हटाइएको छ र फिंगरप्रिन्ट स्क्यानर उपलब्ध गराइएको छैन - फिंगरप्रिन्ट स्क्यानरको सट्टामा अनुहार स्क्यान गर्न मिल्ने प्रविधि राखिएको छ । अनुहार स्क्यान गरेर आइफोन अनलक गर्न मिल्ने प्रविधि अर्थात् फेस आइडी भने बजेट आइफोनमा उपलब्ध छैन ।


यस नयाँ बजेट आइफोनमा ३ जीबी र्याम र नया ए १३ बायोनिक प्रोसेसर छ । यो प्रोसेसर नयाँ महंगा आइफोनहरूमा प्रयोग भएको प्रोसेसर हो । यसै गरेर भित्र ३ जीबी र्याम भएको कुरा पनि सार्वजनिक भएको छ ।


यसै गरेर बजेट आइफोन ६४ जीबी वा १२८ जीबी स्टोरेजमा उपलब्ध हुने पनि उल्लेख गरिएको छ । ६४ जीबी स्टोरेज भएको बजेट आइफोनको मूल्य ३९९ अमेरिकी डलर रहेको छ ।

पूरा विशेषता :

डिस्प्ले : ४.७ इन्च ७५०x१३३४ डिस्प्ले, IPS एलसीडी
प्रोसेसर : एप्पल A13
र्याम : ३ जीबी
स्टोरेज : ६४ जीबी, मेमोरी कार्ड नलाग्ने
क्यामरा : १२ मेगापिक्सल, सिंगल क्यामरा
सेल्फी क्यामरा : ७ मेगापिक्सल
अन्य : वाटरप्रुफ, मेमोरी कार्ड लाग्दैन, हेडफोन ज्याक छैन, वायरलेस चार्जिंग भएको
मूल्य : ३९९ अमेरिकी डलर ( ६४ जीबी मोडल )

 

 

 

यसमा तपाईको मत