ग्याजेट विशेष

5G भएको बजेट स्मार्टफोन

  नागरिक   2020-03-28

चिनियाँ कम्पनी साओमीले हालै साओमी मि १० सिरिजका नयाँ स्मार्टफोनहरू सार्वजनिक गरेको छ । सार्वजनिक गरिएका स्मार्टफोनहरू मध्ये सबैभन्दा सस्तो मोडल साओमी मि १० लाइट रहेको छ । केवल ३५० युरो मै पनि यो स्मार्टफोनमा फाइभ जी समावेश गरिएको छ ।

साओमी मि १० लाइटमा स्नापड्रागन ७६५जी प्रोसेसर रहेको छ जुन प्रोसेसरले फाइभ जी सपोर्ट गर्छ । फाइभ जी का साथै यस स्मार्टफोनमा अन्य फिचरहरू पनि उच्चस्तरीय नै रहेको छ । अगाडी ६.५७ इन्चको डिस्प्ले राखिएको छ । उक्त डिस्प्ले एमोलेड प्रविधिको रहेको छ ।

पछाडी चारवटा क्यामरा राखिएको छ जस मध्ये मुख्य सेन्सरको रेजोलुसन चाहिँ ४८ मेगापिक्सलको रहेको छ । यस क्यामरामा प्रो मोड र AI समावेश गरिने छ । यसै गरेर भित्र ४१६० mAh को ब्याट्री रहेको छ र स्मार्टफोनसँगै २० वाटको फास्ट चार्जर पनि समावेश गरिने छ ।

यो स्मार्टफोन यहि वर्षको मे महिनामा बजारमा उपलब्ध गराइने छ र यस स्मार्टफोन सम्बन्धित अन्य जानकारीहरू पनि चाडैं नै उपलब्ध हुने छ ।

स्रोत: साओमी

 

यसमा तपाईको मत