अटो विशेष

बिएमडब्ल्युले ल्यायो दुईवटा बाइक - यस्ता छन् विशेषता

  नागरिक   2018-12-20

निकै लामो प्रतिक्षा पछि बिएमडब्ल्यु (BMW) को बाइकहरु नेपाली बजारमा उपलब्ध हुने भएका छन् । बिएमडब्ल्युले उच्चस्तरीय र उच्च शक्ति भएको सुपरबाइकहरु बनाउदै आएको छ । नेपाली बजारमा भने बिएमडब्ल्युले BMW G310 GS र BMW G310 R उपलब्ध गराउने भएको छ । नक्सालमा रहेको बिएमडब्ल्युको आधिकारिक शोरूममा गएर यी दुई बाइकको टेस्ट ड्राइभ लिन सकिने छ ।

दुवै बाइकमा शक्तिशाली इन्जिन, डुयल च्यानल एबीएस ( ABS ), ६ स्पिडको गियरबक्स, फिचरयुक्त डिस्प्ले, एम्लुनियमले बनेको व्हिल, फ्युल इन्जेक्सन इन्जिन र मोडर्न लुक्स रहेको छ ।  यी दुई मोडलका तीन-तीन वटा संस्करणहरु उपलब्ध हुनेछ ।

 

BMW G310 GS

यो बाइक उपलब्ध हुने दुईवटा बाइक मध्येको उन्नत मोडल हो । यसमा ३१३ सिसिको लिक्विड कुल्ड इन्जिन राखिएको छ जसले ९५०० आरपीएममा ३२ बीएचपीको पावर पैदा गर्न सक्छ । यो बाइक रेसिंग रेड, कस्मिक ब्ल्याक र व्हाइट मेटालिक गरि तीनवटा छुट्टा छुट्टै संस्करणमा उपलब्ध हुने छ ।

 

विशेषताहरु:

इन्जिन: ३१३ सिसि लिक्विड कुल्ड, फ्युल इन्जेक्सन
पावर: ३४ बीएचपी @ ९५०० आरपीएम
टर्क: २८ एनएम @ ७५०० आरपीएम
फ्युल ट्यांकी: ११ लिटर
माइलेज: ३० किलोमिटर प्रति लिटर
अधिकतम् स्पिड : १४३ किलोमिटर प्रति घण्टा
अगाडीको ब्रेक: ३०० मिमि डिस्क ( ABS )
पछाडीको ब्रेक :२४० मिमि डिस्क  ( ABS )

नेपाली बजार मूल्य :

रेसिंग रेड : नेरु १०,९०,०००
कस्मिक ब्ल्याक : नेरु १०,९०,०००
व्हाइट मेटालिक : नेरु ११,१५,०००


BMW G310 R

 

यो बाइकको इन्जिन र पावर माथि उल्लेख गरिएको BMW G310 GS संगै मिल्दो छ तर यो बाइकलाई शहरी वातावरणमा चलाउदा उचित हुने किसिमले बनाईएको छ जहाँ कि BMW G310 GS को बनोट कच्चा बाटोको लागि मिल्दो रहेको छ ।

विशेषताहरु:

इन्जिन: ३१३ सिसि लिक्विड कुल्ड, फ्युल इन्जेक्सन
पावर: ३४ बीएचपी @ ९५०० आरपीएम
टर्क: २८ एनएम @ ७५०० आरपीएम
फ्युल ट्यांकी: ११ लिटर
माइलेज: ३० किलोमिटर प्रति लिटर
अधिकतम् स्पिड : १४३ किलोमिटर प्रति घण्टा
अगाडीको ब्रेक: ३०० मिमि डिस्क ( ABS )
पछाडीको ब्रेक :२४० मिमि डिस्क  ( ABS )


नेपाली बजार मूल्य :


रेसिंग रेड : नेरु ९,५०,०००
कस्मिक ब्ल्याक : नेरु  ९,५०,०००
व्हाइट मेटालिक : नेरु ९,७५,०००

 

यसमा तपाईको मत