ग्याजेट विशेष

निरन्तर स्मार्टफोनको प्रयोग पछि निद्रा किन लाग्दैन ? यस्तो छ कारण र समाधान

  नागरिक   2020-06-07

निरन्तर स्मार्टफोन वा कुनै पनि डिजिटल स्क्रिनको अगाडी बसेपछि रातिमा निदाउन गाह्रो हुने महसुस सबैले गरेका हुन्छन् । निद्रा नलाग्ने मात्र नभएर टाउको दुख्ने र आखाँ सुक्खा हुने जस्ता लक्षणहरू पनि रातिसम्म स्मार्टफोन प्रयोग गर्ने प्रयोगकर्ताले अनुभव गर्ने कुरा हो । तर स्मार्टफोन वा कुनै पनि डिजिटल स्क्रिन भएको उपकरण राति धेरै समय प्रयोग गरेपछि निद्रा किन लाग्दैन ? यस्को कारणको ब्लु लाइट अर्थात् निलो लाइट ।

के हो डिस्प्लेबाट निस्कने ब्लु लाइट ?

स्मार्टफोन, ल्याप्टप या अन्य कुनै डिस्प्ले भएको उपकरणको डिस्प्लेले लाइट अर्थात् प्रकाश फ्याकिरहेको हुन्छ । यस लाइटहरू मध्येमा एक पर्छ ब्लु लाइट अर्थात् निलो रंगको लाइट । आजभोलिका एलइडी डिस्प्लेहरूले १.६ करोडभन्दा बढी बेग्लाबेग्लै रंगहरू देखाउन सक्छ । हरेक एलइडीमा मुख्यत: तीनवटा मुख्य रंग देखाउने पिक्सलहरू राखिएको हुन्छ । ती रंगहरू हुन् रातो, हरियो र निलो । यही निलो रंगको लाइटले नै हाम्रो आखाँलाई असर गरिरहेको हुन्छ भने यसले गर्दा नै हाम्रो निद्रा बिग्रेको हुन्छ ।

ब्लु लाइटले निद्रा किन बिगार्छ?

मानव शरीरमा एक प्रकारको आन्तरिक घडी हुने गर्दछ जसले शरीरको २४ घण्टे जैविक चक्रलाई चलाउने गर्दछ । यस चक्रलाई राम्रोसँग चलाउनका लागि हाम्रो शरीर सुर्यको प्रकाशमा आधारित हुने गर्दछ । यसकै आधारमा हामीलाई रात परेपछि अध्यारोमा  निद्रा लागेको र घाम लागे पछि उज्यालोमा निद्रा हटेको अनुभूति हुन्छ ।

यो सबै चक्र मिलाउनका लागि हाम्रो शरीर सुर्यबाट निस्कने ब्लु लाइटमा निर्भर हुन्छ । सुर्यबाट निस्केको होस् या ल्यापटप र स्मार्टफोनको डिस्प्लेबाट निस्केको होस्, ब्लु लाइटले हाम्रो शरीरमा मेलाटोनिन नामक हर्मन पैदा गर्न बाधा पुर्याउने गर्छ - जहाँ की हाम्रो शरीरलाई निदाउन हाल्ने हर्मन नै मेलाटोनिन हो । रातिमा स्मार्टफोन धेरै समयसम्म प्रयोग गरेपछि हाम्रो शरीरमा आवश्यक पर्ने जति मेलाटोनिन पैदा हुँदैन र हामीलाई निद्रा लाग्दैन ।

छोटकरीमा भन्नु पर्दा स्मार्टफोन र ल्यापटपको डिस्प्लेले निकाल्ने ब्लु लाइटले गर्दा हाम्रो दिमागलाई दिउसो नै भएको भान पर्न जान्छ, जसले गर्दा हामीलाई राम्रोसँग निद्रा लाग्दैन ।

समाधान के ?

आजभोलि हाम्रा अधिकांस उपकरण र ग्याजेटहरूमा एलइडी डिस्प्ले राख्ने गरिएको छ जसले गर्दा यस समस्याको समाधान पनि उतिकै आवश्यक बनेको छ । ब्लु लाइटले गर्ने असरको समाधान यस प्रकारको रहेको छ:

१. ब्लु लाइट फिल्टर भाको चस्मा प्रयोग गर्ने

ब्लुलाई फिल्टर भाको र बेग्लै रंगको सिसा भएको चस्माहरू बजारमा सजिलै खरिद गर्न पाइन्छन् । स्मार्टफोन वा ल्यापटपको प्रयोगको समयमा यस्तो चस्माको प्रयोगले स्मार्टफोन वा ल्यापटपको चस्माबाट निस्कने ब्लु लाइटलाई रोक्छ जसले गर्दा निद्रा बिग्रदैन । यस्ता चस्माहरू बजारमा नेरु १००० वा माथिको मूल्यमा सजिलै खरिद गर्न सकिन्छ ।

२. ब्लु लाइट फिल्टर गर्ने एप वा फिचरको प्रयोग गर्ने

स्मार्टफोन वा ल्यापटपमा ब्लु लाइट फिल्टर गर्ने एपहरू थुप्रै पाइन्छन । यस्ता एपले डिस्प्ले माथि रातो वा सुन्तला रंगको एक सतह थप्ने गर्छ जसले गर्दा निलो रंगका किरणहरू अरु नै रंगमा परिणत हुन्छन । यिनीहरू ब्लु लाइट फिल्टर गर्ने चस्मा जतिको प्रभावकारी नभएपनि प्रयोग गर्दा आखाँलाई निकै सजिलो हुनेगर्दछ। यस्ता एपहरुको नाममा f.lux, Nightly आदि पर्छन् । आइफोनमा तलबाट माथि स्वाइप गरेर कन्ट्रोल सेन्टरको Brightness बढाउने भागमा एकछिन टच गर्दा आउने नयाँ मेनुको तल पट्टि देखिने चन्द्रको आइकनमा टच गरेर डिस्प्लेमा ब्लु लाइट फिल्टर सुचारु गर्न सकिन्छ । यसलाई एप्पलले नाइट शिफ्ट नाम दिएको छ ।
 

स्रोत: हेल्थलाइन

 

 

यसमा तपाईको मत