अटो विशेष

यस्ता खालका गाडी मात्र नेपाली सडककामा उपयुक्त

    2019-07-21

काठमाडौँ- हाम्रो देशको भौगोलिक बनोट र सडकको दुरावस्थालाई मध्ये नजर गर्दै यहाँ बेग्लै प्रकारको सवारी साधनको माग छ। यहाँका ठाडो उकालो काटेर भन्ज्याङमा अवस्थित गाउँमा सजिलैसंग पुग्न अनि खाल्डा भएका सडकमा सकस बनाएर दौडन जुनसुकै गाडीलाई हम्मे हम्मे पर्छ| यी सबका लागि गाडीमा केहि अद्वितीय विशेषता हुनुपर्छ जसले त्यो गाडीलाई नेपाली सडकका लागि योग्य बनाउछ| नेपाली सडकका लागि योग्य गाडीमा हुनुपर्ने केहि विशेषताहरु यस्ता छन् :

ग्राउण्ड क्लियरेन्स

नेपालको धेरै जसो स्थानमा अझै पनि कच्चि सडक यथावत छ जसमा कालोपत्रे गरिएको छैन | खाल्डा र उठेका भागहरु हुनु सामान्य कुरानै भैसक्यो | ग्राउण्ड क्लियरेन्स कम भएको गाडी यस्तो सडकमा राम्रोसंग चलाउन उचित हुदैन र यदि चलाए पनि उक्त गाडीको इन्जिन र चेसिसमा खराबी आउन सक्छ भने पट्टा भाचिने सम्भावना पनि उतिकै रहन्छ |

सवारी साधनको ग्राउण्ड क्लियरेन्स भन्नाले सवारी साधनको टायरको फेद र सवारीको तल्लोस्तर बीचको खालि ठाउँलाई बुझिन्छ| कुनै गाडीको ग्राउण्ड क्लियरेन्स धेरै हुनुको अर्थ – गाडी जस्तो सुकै अनियमित सडकमा पनि सजिलै चल्न सक्छ |

आवश्यकभन्दा धेरै ग्राउण्ड क्लियरेन्स भएमा गाडीलाई ह्यान्डल गर्न गाह्रो हुन्छ भने द्रुत गतिमा घुम्ती काट्दा गाडी उल्टिने जोखिम पनि रहन्छ |

साधारण सडकमा सजिलै संग चल्नलाई गाडीमा न्यूनतम १०० मिमि ग्राउण्ड क्लियरेन्स हुनु आवश्यक छ | एसयुभीमा भने योभन्दा निकै धेरै ग्राउण्ड क्लियरेन्स हुनेगर्छ | उदाहरणका लागि: जीप कम्पासको ग्राउण्ड क्लियरेन्स २०९ मिमि रहेको छ जसले गर्दा जीप कम्पासलाई नेपालको अनियमित सडकका लागि उचित गाडी मान्न सकिन्छ |



शक्तिशाली इन्जिन

नेपालको धेरै जसो भाग पहाडी भेगले भरिएको छ, पहाडको बीचबाट बनाइएको सडकमा धेरै उकालो  ओरालो अनि घुम्तीहरु पर्छन| यहि उकालो सजिलैसंग काट्नका लागि गाडीमा शक्तिशालि इन्जिन हुनु आवश्यक छ | जति शक्तिशाली गाडीको इन्जिन, त्यति नै सजिलो जटिल स्थानमा यात्रा गर्नलाई |

इन्जिनको काम इन्धनलाई प्रयोग गरेर गाडी चलाउनका लागि आवश्यक पर्ने शक्तिको उत्पादन गर्नु हो र सवारीको मुटु हो | इन्जिनको साइज जति ठूलो भयो त्यति नै धेरै पावर उक्त इन्जिनले पैदा गर्न सक्छ |

इन्जिनले पैदा गर्ने पावर भने HP अर्थात् हर्स पावरमा मापन गरिन्छ | नेपाल जस्तो कठिन भूगोल भएको ठाउँमा कम्तिमा पनि ७० HP पावर पैदा गर्न सक्ने इन्जिनको आवश्यकता पर्छ| सामान्यतया धेरै क्षमता भएको इन्जिनले नै धेरै पावर निकाल्ने गर्छ तर सधै यहि हुन्छ भन्ने चाहिँ हुदैन | कम कम्प्रेसन रेसियो, अदक्ष उर्जा र हावाको मिश्रण आदि जस्ता तत्वले इन्जिनको पावरलाई असर गरिरहेको हुन्छ | समग्रमा भन्दा, इन्जिनको पावर हेर्नलाई HP अर्थात् हर्स पावरमा ध्यान दिनु राम्रो हुन्छ |

हलुका र सानो

नेपालमा मर्मत नगरिएको र साँघुरो सडक भएकाले हलुका र साना गाडीहरु निकै उपयोगी हुन्छन तर सानो भन्दैमा पावर कम भएको सवारी साधन चाहीं उचित हुदैन | सानो बडीमा शक्तिशाली इन्जिन राखिएको गाडीहरु नेपालका सन्दर्भमा निकै उपयुक्त छन् |

सवारी साधन हलुका भएमा यसको उर्जा खपत पनि निकै कम हुन्छ, ठाडो उकालो पनि सजिलै काट्न सक्छ र ह्यान्डल गर्न पनि निकै सजिलो हुन्छ | तौल कम भएको सवारी साधनहरुलाई जटिल भूगोलमा सजिलैसंग चलाउन सकिन्छ |

यस लगायत गाडीको आकार सानो हुनुको पनि आफ्नै फाइदा छ | साना गाडीहरु चल्नलाई ठूलो सडकको आवश्यकता पर्दैन | यसर्थ जस्तो सुकै सानो सडकभएको ठाउँमा पनि साना सवारी सजिलै पुग्न सक्छ |

यस्तै हालुका र सानो तर शक्तिशाली गाडीको उदाहरण हो जीपको रेंग्लर | जीप रेंग्लरको इन्जिन ३६०० सिसिको छ र यसमा २८५ HP पावर रहेको छ | सुजुकीको सामुराइ पनि सानो र हलुका तर निकै शक्तिशाली गाडी हो जसको तौल मात्र १००० किलोग्राम रहेको छ| यस्ता सवारी साधन नेपालका लागि उपयुक्त हुन सक्छन |

तेल खपतमा कुशल

डिजेल र पेट्रोलबाट चल्ने सवारी साधनका लागि इन्धन खपत न्यूनीकरण एउटा ठूलै चुनौती हो |इन्जिनको डिजाइनले इन्धनको खपत कति हुन्छ भनेर निर्धारण गर्दछ|

नेपालमै इन्धन उत्पादन नहुने र बाहिरबाट निर्यात गर्नुपर्ने भएकाले इन्धन यहाँ महँगो छ| यहाँका लागि उचित हुने सवारीले पावरका साथै आकर्षक माइलेज पनि दिनु आवश्यक छ | ठूला र शक्तिशाली एसयुभीले भने तुलनात्मक रुपमा निकै धेरै इन्धनको खपत गर्दछन् |

पावर र माइलेजको सहि मिश्रण हो मध्यम साइजको एसयुभी| यस वर्गका एसयुभीले जटिल स्थानमा यात्राका लागि आवश्यक पावर प्रदान गर्नुका साथै राम्रो माइलेज पनि प्रदान गर्छ | उदाहरणका लागि रेनाल्ट डस्टर जसको माइलेज २०.५ किलोमिटर प्रति लिटर रहेको छ भने १०८ HP पावर रहेको छ ।

यसमा तपाईको मत