ग्याजेट विशेष

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू ( अपडेट गरिएको )

  नागरिक   2019-07-03

टाइट बजेटमा हुनुहुन्छ ? स्मार्टफोनका लागि अधिकमा २० हजार रुपैयाँसम्म मात्र खर्च गर्न सक्नुहुन्छ ? चिन्ता नलिनुहोस्- हिजोआज त्यही बजेटमा पनि आकर्षक र टिकाउ स्मार्टफोन पाइन्छन् । फ्ल्याग्शिप स्मार्टफोनको तुलनामा बजेट स्मार्टफोनका विविध कुरामा कटौती गरिए पनि साधारण दैनिक कार्यका लागि यी स्मार्टफोन पर्याप्त हुन्छन् । नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ । स्मार्टफोनको हालको बजार मूल्यका आधारमा यो सूची निर्माण गरिएको हो ।

१. रिअलमी ३

बजेट स्मार्टफोनको बजारमा रिअलमीले निकै चर्चा कमाएको छ | थोरै मूल्यमा पनि उच्चस्तरीय स्मार्टफोन प्रदान गर्ने प्रयास सबै रिअलमीका उत्पादनहरूले गर्दै आएको छ | रिअलमी ३ हालै रिलिज गरिएको रिअलमीको बजेट स्मार्टफोन हो जसमा आकर्षक डिजाइन, सस्तो मूल्य र ठीकठाक फिचरको तालमेल मिलाइएको छ | ६.२२ इन्चको एचडी रेजोलुसनको डिस्प्ले राखिएको यस स्मार्टफोनमा मेडियाटेकको शक्तिशाली प्रोसेसर पनि राखिएको छ जसबाट उपभोक्ताले नयाँ गेमहरू सजिलै खेल्न सक्नेछन् | र्याम र स्टोरेजको सन्दर्भमा ३ जीबी र्याम र ३२ वा ६४ जीबी स्टोरेज राखिएको छ जसलाई मेमोरी कार्डको सहायताले बढाउन मिल्छ | ठूलो ४२३० mAh ब्याट्री र कम रेजोलुसनको डिस्प्लेले गर्दा यस स्मार्टफोनको ब्याट्री आयु पनि निकै राम्रो छ |

क्यामराको सन्दर्भमा अगाडी १३ मेगापिक्सलको सेल्फी क्यामरा राखिएको छ भने पछाडी दुईवटा मुख्य क्यामरा राखिएको छ | पछाडी भएको क्यामराहरू १३ मेगपिक्सल र २ मेगापिक्सलका रहेका छन् | यो स्मार्टफोन रिअलमीको आफ्नै कलर ओएस ६ मा चल्छ जुन एन्ड्रोइड पाईमा आधारित हो |

नेपाली बजार मूल्य: १९,५०० ( ३ जीबी र्याम / ३२ जीबी स्टोरेज )

२. सायोमी वाई ३

बिगतका केही वर्ष देखि नै उत्कृष्ट बजेट स्मार्टफोनहरू रिलिज गर्दै आएको चाइनिज कम्पनी हो सायोमी | सायोमीले गत वर्ष रिलिज गरेको र हामीले पनि खरिद गर्न सुझाव गरेको सयोमी वाई २ को अपडेटेड संस्करण हो सायोमी वाई ३ | सायोमी वाई ३ मुख्यत: सेल्फी क्यामरा केन्द्रित स्मार्टफोन हो जसमा ३२ मेगापिक्सलको सेल्फी क्यामरा राखिएको छ | पछाडी दुईवटा मुख्य क्यामरा राखिएको छ जसको रेजोलुसन १२ मेगापिक्सल र २ मेगापिक्सल रहेको छ | अगाडी ६.२६ इन्चको एचडी रेजोलुसनको डिस्प्ले राखिएको छ जसमा कोर्निंग ग्लासले सुरक्षित गरेको छ | भित्र स्नापड्रागनको मिडरेन्ज प्रोसेसर स्नापड्रागन ६३२ राखिएको छ जुन साधारण प्रयोगका लागि र गेम खेल्नका लागि प्रयाप्त छ | यस प्रोसेसरलाई साथ दिनका लागि ३ जीबी र्याम र एडरेनो ५०६ ग्राफिक्स राखिएको छ | आन्तरिक स्टोरेज ३२ जीबीको रहेको छ जसलाई मेमोरी कार्डको सहायताबाट बढाउन पनि मिल्छ |

यी सबैलाई चलाउनका लागि ४००० mAh को ब्याट्री र उक्त ब्याट्रीलाई चार्ज गर्नका लागि ठीकठाक १० वाटको चार्जर राखिएको छ | यस स्मार्टफोन एन्ड्रोइडको ९ संस्करण अर्थात् पाईमा चल्छ |

नेपाली बजार मूल्य: नेरु १८,००० ( ३ जीबी र्याम / ३२ जीबी स्टोरेज )

३. सामसंग ग्यालेक्सी एम २०

सामसंगले बजेट र मिडरेन्ज स्मार्टफोन प्रतिस्पर्धीहरुलाइ टक्कर दिनका लागि रिलिज गरेको स्मार्टफोन हो सामसंग ग्यालेक्सी एम २० । यसमा सामसंगको इन्फिनिटी भी अर्थात् पानीको थोपाको जस्तो नच रहेको छ । अगाडी ६.३ इन्चको फुलएचडी डिस्प्ले राखिएको छ । पछाडी १३ मेगपिक्सल र ५ मेगपिक्सल गरेर डबल क्यामराको सेटअप राखिएको छ । पछाडीको दोस्रो क्यामराले भने वाइड एन्गल फोटोहरु खिच्न सक्छ जुन यस मूल्यमा आउने स्मार्टफोनहरुले गर्न सक्दैनन् । सामसंगको आफ्नै प्रोसेसर, ३ जीबी र्याम र ३२ जीबी स्टोरेज भएको यस स्मार्टफोन चलाउदा केहि प्रकारको ढिला सुस्ती हुदैन । यसमा ५००० mAh को ठूलो ब्याट्री राखिएको छ जसले फास्ट चार्ज सपोर्ट गर्छ र चार्जिंगका लागि युएसबि सी को प्रयोग गरिएको छ ।

यस स्मार्टफोनको कमजोर पक्षका रुपमा यसको डिजाइन अर्थात् बडी पर्छ । सामसंगको यो स्मार्टफोन पुरै प्लास्टिकले बनेको छ जुन मेटल जतिको राम्रो हुदैन । स्मार्टफोन हालै रिलिज भएपनि यसमा चाहिँ एक वर्ष पुरानो एन्ड्रोइड संस्करणको प्रयोग गरिएको छ । सामसंगका अनुसार नयाँ एन्ड्रोइड अपडेट भने चाडै आउनेछ ।

 

नेपाली बजार मूल्य: १८,५०० ( ३ जीबी / ३२ जीबी )

 

 

यसमा तपाईको मत