ग्याजेट विशेष

यो हो सन् २०१९ मा सबैभन्दा धेरै बिक्री भएको स्मार्टफोन !

  नागरिक   2019-12-30

सन् २०१९ अधिकांस स्मार्टफोन निर्माताहरूका लागि फलदायी रह्यो। सम्पूर्ण स्मार्टफोन कम्पनीहरूले अभिनव फिचरका साथ बेग्ला बेग्लै मोडलहरू रिलिज गरे ।

काउन्टरपोइन्टका अनुसार सन् २०१९ मा सबैभन्दा धेरै बिक्री हुने स्मार्टफोन एप्पलको आइफोन टेन आर ( iPhone XR ) रहेको छ । एप्पलले गत वर्ष ७५० अमेरिकी डलरको मूल्यमा ठूला र महँगा आइफोन टेन एस म्याक्स र टेन एस सँगै यस स्मार्टफोनलाई रिलिज गरेको थियो । गत वर्षको चौथो त्रैमासिक देखि नै यही मोडल नै एप्पलको मात्र नभई संसार कै सबैभन्दा धेरै बिक्री भएको स्मार्टफोन बनेको छ । काउन्टपोइन्टका अनुसार आइफोन टेन आर ले बजारको ३ प्रतिशत हिस्सा कब्जा गर्न सफल भएको छ । एप्पलको नयाँ आइफोन ११ भने पाँचौं स्थानमा रहेको छ जसले बजारको १.६ प्रतिशत हिस्सा कब्जा गर्न सफल भएको छ ।

दोस्रो स्थानमा सामसंगको बजेट स्मार्टफोन सामसंग ग्यालेक्सी ए १० रहेको छ । यस स्मार्टफोनको बजार हिस्सा २.६ प्रतिशत रहेको छ । तेस्रो र सातौँ स्थानमा पनि सामसंग कै ए सिरिजको स्मार्टफोन परेको छ । १.९ प्रतिशत बजार हिस्साको साथ् ग्यालेक्सी ए ५० २०१९ को तेस्रो र १.४ प्रतिशतका साथ ग्यालेक्सी ए २० सन् २०१९ को सातौँ सबैभन्दा धेरै बिक्री भएको स्मार्टफोन बन्न सफल भएको छ ।

चिनियाँ स्मार्टफोन निर्माताहरूले पनि धेरै मात्रामा स्मार्टफोन बेच्न सफल भएका छन् । चौथो स्थानमा अप्पोको ए ९ मोडल रहेको छ । सबैभन्दा धेरै बिक्री हुने १० वटा स्मार्टफोनहरूमा तीनवटा स्मार्टफोन नै अप्पोको रहेको छ ।

महँगा स्मार्टफोनहरूको बिक्री भने यस वर्ष अन्य वर्षको तुलनामा न्यून रहेको छ । एप्पलको पनि सबैभन्दा सस्तो आइफोन मोडल नै धेरै बिक्री भएको छ । सामसंगका कुनै पनि फ्ल्याग्शिप मोडलले टप १० को स्थान हासिल गर्न सफल भएको छैन । हुवावेको पी ३० ले भने १.१ प्रतिशत बजार हिस्सा सहित दशौँ स्थान कब्जा गर्न सफल भएको छ । 

 

यसमा तपाईको मत