अटो विशेष

चितवनमा बेनेली सोरुम

  नागरिक   2019-09-13

काठमाडौं– बेनेली मोटरसाइकलको आधिकारिक डिलर पिनाकल मोटोर्याडले चितवनमा सोरुम सञ्चालन गरेको छ ।
चितवनमा १३५ देखि ६०० सिसी क्षमतामा विभिन्न मोडलमा उपलब्ध रहेको पनि कम्पनीले जनाएको छ । पिनाकल मोटोर्याडले तीन नयाँ मोडलसमेत सहुलियत दरमा बिक्री गर्ने हुँदा नेपाली युवाले यसबाट भरपुर फाइदा लिन सक्ने कम्पनीको दाबी छ ।
सबै मोडलको इन्जिनमा दुई वर्षको वारेन्टी रहेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
कम्पनीले टिएटी १५ (१५० सिसी)का मूल्य दुई लाख ३० हजार, टिएटी १५० आई (१५० सिसी) कोे मूल्य तीन लाख १५ हजार, बिएन २५१ (२५० सिसी) को मूल्य पाँच लाख २० हजार, लियोनसिनो (२५० सिसी) को ६ लाख ३० हजार र टिआरके (२५१ सिसी) को मूल्य ६ लाख ३० हजार रहेको पनि जानकारी गराएको छ । 

यसमा तपाईको मत