कभर स्टोरी

बैंक अफ काठमाण्डूको लाभांश घोषणा

  नागरिक   2021-10-26

बैंक अफ काठमाण्डूले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र लाभांशमा लाग्ने कर सहित ४ प्रतिशत नगद लाभांश गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

कात्तिक ८ गते सम्पन्न बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

हाल बैंकको चुक्ता पूँजी ९ अर्ब ६५ करोड ८१ लाख ७६ हजार ४२९ रुपैयाँ रहेको छ। १० प्रतिशतका दरले ९६ करोड ५८ लाख १७ हजार ६४२ रुपैयाँ ९० पैसा बराबरको बोनस शेयर वितरणपश्चात बैंकको चुक्ता पूँजी १० अर्ब ६२ करोड ३९ लाख ९४ हजार ७१ रुपैयाँ ९० पैसा पुग्नेछ।

यसमा तपाईको मत