अटो विशेष

बजाजको ग्राण्ड एक्सचेन्ज मेला भृकुटीमण्डपमा

  नागरिक   2019-09-30

काठमाडौं– नेपालका लागि बजाज मोटरसाईकलको एक मात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले “बजाज ग्राण्ड एक्सचेन्ज मेला” ल्याएको छ। असोज १२ गतेदेखि शुरु भएको यो अफर असोज १६ गतेसम्म लागू हुनेछ र ग्राहकहरुले भृकुटीमण्डपमा गएर आफ्नो कुनै पनि ब्राण्डका पुराना मोटरसाईकल तथा स्कुटर बजाजको नयाँ मोटरसाईकलसँग एक्सचेन्ज गर्न सकिने जानकारी कम्पनीद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ। 
कम्पनीले कुनै पनि पुराना मोटरसाईकल तथा स्कुटरको एक्सचेन्जमा न्यूनतम ३०,००० सम्मको मूल्याकंन र प्रचलित बजार भ्यालूयसन भन्दा थप १५,००० प्रदान गर्नेछ। ग्राहकहरुले नयाँ बजाज मोटरसाईकलको खरिदमा निशुल्क हेल्मेट, बाईक कबर, ल्यापटप ब्याग र लेग गार्ड जस्ता एक्सेसरिज पाउने जानकारी दिइएको छ।
बजाजको ग्राण्ड एक्सचेन्ज मेलासँगै टेस्ट राइड पनि संचालन भइरहेको छ भने हरेक टेस्ट राइडमा आकर्षक उपहारहरु पनि पाउनेछन्। ग्राहकहरुले यो बजाजको ग्राण्ड एक्सचेन्ज मेलामा पुरानो बाइकबाट नयाँमा अप्ग्रेड गरेर अधिक मुल्याकंन, अझ बढि खुसी र लाभ उठाउन सकिने जानकारी उक्त जारी प्रेस बिज्ञप्तिमा जनाएको छ । 


 

यसमा तपाईको मत