ग्याजेट विशेष

एप्पलले आइफोन X र आइफोन ८ / ८+ लाई पनि स्लो गर्दै

  नागरिक   2018-11-08

एप्पलले OS १२.१ संस्करणमा आइफोन ८, ८ प्लस र X को लागि ‘परफरमेंस म्यानेजमेन्ट फिचर’ अर्थात् स्लो गराउने “फिचर” ल्याउने भएको छ | एप्पलका अनुसार यस फिचरले प्रयोगकर्ताको आइफोनलाई स्लो बनाएर ब्याट्रीको बचत गर्छ र पुरानो ब्याट्री भएको आइफोनलाई आफै बन्द हुन बाट बचाउछ | एप्पलले गत वर्ष उक्त समयमा रिलिज भएका नयाँ आइफोन - आइफोन ८, ८ प्लस र X मा त्यस्तो स्लो गर्नु नपर्ने किसिमको ब्याट्री भएको दाबी गरेको थियो | तर एप्पल आफैले गरेको दाबीबाट पछि हटेको छ |

एप्पलले आइफोन ८, ८ प्लस र X मा उक्त स्लो बनाउने “फिचर” ब्याट्रीका लागि मात्र नभई स्मार्टफोनका अन्य पुर्जाहरुलाई बचाउनका लागि पनि हो भनेर बताएको छ | केहि दिन अगाडी सम्म र iOS १२.१ रिलिज नहुँदा सम्म पनि एप्पलको पेजमा आइफोन ८, ८ प्लस र X लाई स्लो बनाउन नपर्ने भन्ने कुराको जानकारी राखिएको थियो | तर iOS १२.१ को रिलिज संगै उक्त जानकारी पनि परिवर्तन भएको छ र नयाँ iOS संस्करण संगै आइफोन ८, आइफोन ८ प्लस र आइफोन X ले पनि ‘परफरमेंस म्यानेजमेन्ट फिचर’ पाउने कुरा उल्लेख गरेको छ |

आइफोनहरु स्लो गरेको भन्दै लाखौं डलरको जरिवाना इटालीले एप्पललाई तिराएको थियो | नयाँ आइफोनको रिलिजसंगै पुरानो मोडलका आइफोनहरु आफै स्लो हुने कुरा आइफोन प्रयोगकर्ताले महसुस गर्दै आएका थिए | यहि विषयमा अनुसन्धान पश्चात् एप्पलले पुराना आइफोनहरु स्लो गरेको पाइएको थियो | एप्पलले उक्त स्लो बनाउने फिचर प्रयोगकर्तालाई नयाँ आइफोन किन्न बाध्य बनाउनको लागि नभई आइफोन कै प्रयोग आयु बढाउन र आफै बन्द हुन नदिनका लागि गरेको हो भनेर जानकारी दिएको थियो | त्यही सिलसिलामा नयाँ आइफोन ८ र X मा त्यस्तो फिचर छ छैन भनेर प्रश्न गर्दा एप्पलले उत्तरमा नयाँ आइफोनमा स्लो गर्नु नपर्ने उच्चस्तरीय ब्याट्री छ भनेर दाबी गरेको थियो - जुन अहिले झुट साबित भएको छ |

आइफोन ८ र ८+ गत वर्ष रिलिज भएका आइफोनहरु हुन् जुन  पुरानै आइफोन ६ मा आधारित डिजाइनमा बनाइएका थिए | आइफोन X पनि गत वर्ष रिलिज भएको हो र फुल स्क्रिन बडी र नच हुने एप्पलको पहिलो स्मार्टफोन हो |

 

स्रोत: फोर्ब्स

 

 

 

 

यसमा तपाईको मत