ग्याजेट विशेष

एप्पलको नयाँ आइप्याड प्रो, म्याकबुक एअर र म्याक मिनी

  नागरिक   2018-11-01

एप्पलले गत राती भएको इभेन्टमा नयाँ आइप्याड, म्याकबुक एअर र अपडेट गरिएको म्याक मिनीको बारेमा जानकारी दिएको छ ।

नयाँ आइप्याड प्रो : कम बेजल कम , फेस आइडी र शक्तिशाली प्रोसेसर

एप्पलले दुई नयाँ  मोडलका आइप्याडहरु रिलिज गर्ने भएको छ - ११ इन्च र १२.९ इन्चको डिस्प्ले भएको । आइप्याड प्रो ११ र आइप्याड प्रो १२.९ दुवैमा एप्पलको A12X प्रोसेसर छ जुन पहिलेको आइप्याड प्रोको तुलनामा ३५% सम्म फास्ट रहेको छ । यस्ता छन् नयाँ आइप्याडका विशेषताहरु:

  • नयाँ एप्पल  A12X  प्रोसेसर
  • आइप्याड प्रो ११ मा ११ इन्च र आइप्याड प्रो १२.९ मा १२.९ इन्च कै रेटिना डिस्प्ले
  • १२० हर्ज डिस्प्ले
  • होम बटन छैन - अब जेस्चरबाट चल्ने
  • आइफोन Xs को जस्तै फेसआइडी
  • युएसबी सी पोर्ट - आइप्याड मै पहिलो पटक
  • निकै फास्ट ग्राफिक्स प्रोसेसर - एक्सबक्स वन तहको
  • चारवटा स्पिकर - हेडफोन ज्याक छैन
  • १ TB सम्मको इन्टरनल स्टोरेज
  • ११ इन्च मोडलको मूल्य ८०० अमेरिकी डलर
  • १२.९ इन्च मोडलको मूल्य १००० अमेरिकी डलर
  • नयाँ स्मार्ट फोलियो केस किबोर्ड - १८० अमेरिकी डलर
  • नयाँ म्याग्नेटिक एप्पल पेन्सिल

एप्पलले यो आइप्याडलाई ल्यापटपको सट्टा प्रयोग गर्न मिल्ने भनेर दावी गरेको छ  तर अझै पनि मोबाइल फोनमा भएको अपरेटिंग सिस्टममा आइप्याड चल्छ ।

नयाँ म्याकबुक एअर - नयाँ डिस्प्ले, नयाँ प्रोसेसर, नयाँ मूल्य

एप्पलको सबैभन्दा प्रचलित म्याकबुक थियो म्याकबुक एअर । सन् २०१० मा पहिलोपटक रिलिज गरिएको म्याकबुक एअरको डिजाइन परिवर्तन नै भएको थिएन । नयाँ म्याकबुक एअरमा भने नयाँ डिजाइन र आकारमा पहिलेको भन्दा सानो, स्लिम र वातावरण मैत्री छ ।

  • १३.३ इन्च रेटिना डिस्प्ले
  • १६ जीबीसम्म र्याम
  • भिडियो हेर्दा १२ घण्टासम्म चल्ने ब्याट्री
  • कम उर्जा खपत गर्ने तर U सिरिजभन्दा निकै स्लो i5 को Y सिरिज प्रोसेसर
  • दुईवटा युएसबी सी ( मात्र )
  • नयाँ बटरफ्लाई किबोर्ड
  • १.५ TB सम्मको एस्एसडी
  • १५.६ मिमि मोटाइ
  • ११९९ अमेरिकी डलर मूल्य - ८ जीबी र्याम, १२८ जीबी स्टोरेज


म्याक मिनी - पुरानै डिजाइन, नयाँ प्रोसेसर, चर्को मूल्य

सन् २०१४ को अन्त्य पछि अपडेट नै नगरिएको म्याक मिनीले बल्ल नयाँ रिफ्रेस पाएको छ । पुरानो म्याक मिनी कै डिजाइनसंग मिल्ने भए पनि नयाँ प्रोसेसर, युएसबी सी पोर्ट र नयाँ T2 चिप राखिएको छ ।

  • आठौ संस्करणको इन्टेल प्रोसेसर - ६ वटा कोरसम्म को कोर i5 र i7 प्रोसेसर
  • ६४ जीबी सम्म र्याम
  • २ TB सम्म स्टोरेज
  • चारवटा थन्डरबोल्ट पोर्ट
  • ७९९ अमेरिकी डलर मूल्य : i3 प्रोसेसर, ८ जीबी र्याम र १२८ जीबी स्टोरेज

 

यसमा तपाईको मत