ग्याजेट विशेष

९० करोडवटा आइफोनहरु संचालनमा

  नागरिक   2019-01-30

 


एप्पलले तीन महिनाको आयको बारेमामा सार्वजनिक गरेको छ । यसमा एप्पलले आइफोनको घट्दो बिक्रीको बारेमा र हालसम्म कतिवटा एप्पलका उपकरण संचालनमा छन् भन्ने कुराको जानकारी प्रदान गरेको छ ।

एप्पलका अनुसार हाल विश्वभरमा १ अर्ब ४० करोडवटा एप्पलको लोगो भएको उपकरणहरु संचालनमा छन् । यो संख्यामा एप्पलले निर्माण गरेको कुनै पनि सफ्टवेयर चल्ने र एप्पलले रिलिज गरेको उपकरणहरुलाई समावेश गरिएको छ जसमा आइफोन, म्याक, आइप्याड, एप्पल टिभी, आइपड र एप्पल वाचहरु पर्छन भने एप्पलको होमपोड र एअरपडहरु भने पर्दैनन् ।

एप्पलको आइफोन बिक्रीबाट हुने आय १५ प्रतिशतले घटेको छ । एप्पलका अनुसार हाल विश्वभरमा ९० करोडवटा आइफोन संचालनमा छन् जुन संख्या गत वर्षको तुलनामा ९ प्रतिशतले बढी रहेको छ । यसको बारेमा जानकारी एप्पलको तथ्यांक सम्बन्धिको मुख्य अधिकारीले फाईन्यान्सिअल् टाइम्स संगको अन्तर्वातामा खुलाएका थिए । एप्पलले सोचे जति आइफोन बेच्न नसके पनि एप्पलको बजार पकड र व्यापार निकै राम्रो र फैलिएको छ भन्ने कुरा एप्पलको सि ई ओ टिम कुकले जानकारी दिए ।आइफोनको बिक्री बढाउनका लागि एप्पलले केहि बजारहरुमा आइफोनको मूल्य घटाउन लागेको छ । यसबाट आइफोनको बिक्री केहि हदसम्म बढ्ने कुरा प्रति एप्पल विश्वस्त रहेको छ ।

 तुलनाका लागि गुगलले सन् २०१७ मै २ अर्बवटा उपकरणहरुमा एन्ड्रोइड चल्छ भनेर जानकारी दिएको थियो । सन् २०१६ मै एप्पलका १ अर्बवटा उपकरणहरु संचालनमा आएका थिए जुन संख्या २०१८मा १.३ अर्बमा बढेको थियो ।

 

यसमा तपाईको मत