ग्याजेट विशेष

आइफोन १३ सार्वजनिक: यस्ता छन् विशेषताहरु

  नागरिक   2021-09-15

सेप्टेम्बर १४ मा एप्पल ब्रान्डले आफ्नो नयाँ संस्करणका आइफोनलगायतका विभिन्न प्रडक्टहरु अनलाइन समारोहमा सार्वजनिक गरेको छ। क्यालिफोर्निया स्ट्रिमिङ नामक उक्त अनलाइन समारोहमा एप्पलले एकसाथ आइफोन १३ सिरिजसँगै आइप्याड २०२१, नयाँ आइप्याड मिनी र एप्पल वाच ७ सिरिज पनि ल्याएको हो।


यस सिरिज अन्तरगत आइफोन १३, आइफोन १३ प्रो र आइफोन १३ म्याक्स र सानो आकारको आइफोन १३ मिनी गरी ४ वटा मोडेल छन् ।आइफोन १३ को हकमा एप्पलले आइफोन १२ को डिजाइनमा कुनै परिवर्तन गरेको छैन त्यसैले यो आइफोन १२ जस्तै देखिनेछ । फोनमा १२ मेगापिक्सेलको क्यामरा  बायोनिक चिपसेट रहेको छ।


आइफोन १३ मिनीको सुरुआती मूल्य ६९९ डलर तोकिएको छ भने आइफोन १३ को सुरुआती मूल्य ७९९ डलर तोकिएको छ । आइफोन १३ मा ६.१ इन्चको डिस्प्ले हुनेछ भने मिनी मोडेलमा ५.४ इन्चको डिस्प्ले रहनेछ ।आइफोन १३ सिरिजमा ६४ जिबीको स्टोरेज हुनेछैन । यसमा न्यूनतम १२८ जिबीदेखि अधिकतम ५१२ जिबीको विकल्प हुनेछ ।


एप्पलको आइफोन १३ प्रो र आइफोन १३ प्रो म्याक्समा ट्रिपल रियर क्यामरा हुनेछन् । क्यामरासँगै थ्री एक्स अप्टिकल जूम फिचर हुनेछ । आइफोन १३ प्रो को डिस्प्ले रिफ्रेस रेट १२० हर्ज छ । यसमा सुपर रेटिना एक्सडिआर डिस्प्ले रहेको छ । ६.१ इन्चको स्क्रिन साइजमा उपलब्ध हुने आइफोन १३ प्रो को सुरुआती मूल्य ९९९ डलर तोकिएको छ ।

६.७ इन्च स्क्रिन साइजमा उपलब्ध हुने आइफोन १३ प्रो म्याक्समा १ टेराबाइट स्टोरेज अप्सन पनि उपलब्ध छ । आइफोन १३ प्रो म्याक्सलगायत सबै नयाँ आइफोनका क्यामरामा नाइट मोड हुनेछ जसले रातको समयमा उत्कृष्ट तस्वीर तथा भिडियो खिच्न सहयोग पुग्नेछ । को मूल्य १०९९ डलर तोकिएको छ । नयाँ आइफोनको प्रिअर्डर सेप्टेम्बर १७ देखि सुरु हुने बताइएको छ ।
आइफोन १३ सिरिजका सबै मोडेलमा फाइभ जी सपोर्ट रहेको छ ।

 

यसमा तपाईको मत