ग्याजेट विशेष

एप्पल विरुद्ध उत्रिदै छन् यी कम्पनीहरू - कारण के ?

  नागरिक   2020-09-27

एप्पल विरुद्ध उत्रिदै छन् यी कम्पनीहरू - कारण के ?

एप्पलको एप स्टोरको नीति र एकाधिकार प्रति आपत्ति जनाउदै विभिन्न ठूला कम्पनीहरू एप्पल विरुद्ध उभिएका छन् | यी कम्पनीहरूमा संसार कै सबैभन्दा प्रचलित गेम मध्ये एउटा रहेको फोर्टनाइटको निर्माता एपिक गेम्स , संगीत स्ट्रिम गर्ने सबैभन्दा प्रचलित प्ल्याटफर्म स्पटिफाई, सबैभन्दा प्रचलित डेटिङ साइट टिन्डरको निर्माता र अन्य कम्पनीहरू रहेका छन् | यो समुहमा सहभागी हुने एप निर्माताहरूको संख्या पनि वृद्धि हुँदै आएको छ |

यो गुठको निम्न मागहरू रहेकाछन् र माग पूरा नभए सम्म यो गठबन्धन एप्पल विरुद्ध उत्रिने बताइएको छ :

१. एप्पलले एप्सहरूको फिचरमा रोक लगाउन नपाउने | हालै एप्पलले माइक्रोसफ्टको एक्सक्लाउड, गुगलको स्टाडिया आदिजस्ता एपहरूलाई एप स्टोरमा समावेश हुन दिएको थिएन | एन्ड्रोइड संस्करणमा उपलब्ध हुने कयौं फिचरहरू आइफोनको एपमा उपलब्ध छैनन् |

२. एप्पलले एप निर्माताबाट ३०% कमिसन लिने गरेको छ | एप स्टोरमा १० डलरमा बेच्न राखिएको एपबाट एप निर्माताले केवल ७ डलर मात्र पाउने गरेका छन् भने एप्पलले ३ डलर आफूसँगै राख्ने गरेको छ | यस्तो कमिसनलाई घटाउनका लागि यो गठबन्धन लागिपरेको छ | यो ३० प्रतिशत कमिसनलाई गुठले “एप्पल ट्याक्स” नाम दिएको छ |

३. एप्पलले प्रयोगकर्ताको एप प्रयोग गर्न पाउने स्वतन्त्रता हनन गरेको छ | एप्पलले एप स्टोरमा एकाधिकार जमाएर बसेको छ जसले गर्दा एप्पलले एप स्टोरमा जे पनि गर्न पाउने भएको छ | एप्पलले अहिलेसम्म जमाएको एकाधिकार तोड्नका लागि यो गठबन्धन लागि परेको छ |

यो समूहमा हालका लागि निम्न कम्पनीहरू रहेकाछन् र एप निर्माताहरूको संख्या बढ्दै गएको छ :
१. एपिक
२. स्पटिफाई
३. टिन्डर
४. बेस क्याम्प
५. डीजर
६. ब्लकचेन
७. ब्लिक्स
८. प्रोटोनमेल
९. न्युज मेडिया युरोप
१०. प्रिपियर
११. स्काई डेमन
१२. इपीसी
१३. टाइल

स्रोत : BBC

 

यसमा तपाईको मत