अटो विशेष

टिभिएसद्धारा अपाचे आरटिआर १६० २भि रेस एडिसन प्रस्तुत

  नागरिक   2019-09-08

काठमाडौं- टिभिएस मोटर कम्पनीले टिभिएस अपाचे आरटिआर १६० २भि रेस एडिसनलाई नेशनल अटोमोबाइल डिलर्स एशोसियसन (नाडा) अटो शो २०१९ को दौरान नेपालमा सार्वजनिक गरेको हो।
टिभिएस अपाचे आरटिआर १६० २भि रेस एडिसन टिभिएस रेसिङ्ग परम्पराको ३७ वर्षको एक लोकप्रिय उपलब्धि हो र युवा पुस्ताहरुमाझ यसलाई लक्षित गरिएको छ। अभूतपूर्व रेसिङ्ग डिकल्स, थ्रीडि लोगो, चमकदार रङ्गहरु एवं स्पिड मिटरको नवीन डायलले यो मोटरसाइकललाई एक स्टाइलिस ढाँचा प्रदान गरेको छ। यसैगरी उच्च ग्रिप टायरहरुकासाथ पांग्रामा भएको नयाँ पिनस्ट्राइपहरु, डबल डिस्क ब्रेकहरु र एक शक्तिशाली इन्जिनले बाइक चालकलाई रेसिङ्ग अनुभूतिमा बाइक चलाउने अनुभव प्रदान गर्ने जानकारी कम्पनीद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ।
समारोहमा सम्बोधन गर्दै टिभिएस मोटर कम्पनी, अन्तर्राष्ट्रिय बिजनेसका कार्यकारी उपाध्यक्ष श्री आर.दिलिपले भने “हाम्रो ग्राहक आधारको एक महत्वपूर्ण हिस्सा युवा भएको हुँदा टिभिएस मोटर कम्पनीकालागि नेपाल एक संवेदनशील बजार हो भन्ने हामीले मान्दै आएका छौं । टिभिएस अपाचे आरटिआर १६० २भि रेस एडिसनले देशमा रहेका युवाहरुमाझ टिभिएस मोटरका उत्पादनहरु प्रति थप उत्साह जगाउने विश्वास हाम्रो रहेको छ । गहन रेसिङ्ग परम्पराद्वारा समर्थन प्राप्त यो स्टाइलिस प्रिमियम मोटरसाइकलले नेपालका सबै बाइकिङ्ग शौखिनहरुलाई आकर्षित गर्नेछ ।”
 टिभिएस अपाचे आरटिआर १६० २भि रेस एडिसन सबै टिभिएस जगदम्बा शोरुमहरुमा उपलब्ध हुनेछ । यसको हालको बजार मुल्य रु.२,६४,९००/- रहेको जानकारी उक्त प्रेस बिज्ञप्तिमा जनाएको छ।

यसमा तपाईको मत